Headlines News :
fb
Home » » दोश्रो सातामा ‘नोभेम्बर रेन’, एक सातामा १ करोड ४० लाख

दोश्रो सातामा ‘नोभेम्बर रेन’, एक सातामा १ करोड ४० लाख

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नोभेम्बर रेन’ले एक सातमा १ करोड ४० लाखको व्यापार गरेको छ । यो नेपाली सिनेमाका लागि उत्साहजनक व्यापार हो । निर्माता सुवास गिरीले बिहिबारसम्मको व्यापारले आफू लगभग सुरक्षित भएको बताए ।

करिब ७० लाखको लगानीमा तयार भएको यो चलचित्रलाई अब आफ्नो लगानी उठाउन १५ लाख माथिको व्यापार गर्नुपर्ने हुन्छ । दोश्रो सातामा सिनेमाले लगानी उठाएर निर्मातालाई केही रकम मुनाफा दिने पक्का छ । चलचित्रको ओभरसिज व्यापार निर्माताका लागि नेट फाइदा हो । ओभरसिजबाट करिब ५० लाख हारहारीको व्यापार गर्ने उद्देश्य निर्माणपक्षको छ । मंगलबारसम्म करिब १ करोड १० लाखको व्यापार गरेको यो सिनेमाले वुधबार १० लाख हारहारीको व्यापार ग¥यो । बिहिबार मजदुर दिवसको अवसरमा परेको सार्वजनिक बिदाको फाइदा उठाउदै चलचित्रले २० लाख सेरोफेरोको व्यापार गरेको हो ।

नेपाली सिने बजारमा यो सिनेमाको व्यापारसगै आशाका किरणहरु पनि देखिएका छन् । लामो समयपश्चात नायक आर्यन सिग्देल र नम्रता श्रेष्ठले एक सफल व्यवसायिक सिनेमा दर्शकलाई पस्केका हुन् । चलचित्रमा नव कलाकारको रुपमा अभिनय गरेकी छुल्ठिम डोल्मा गुरुङको अभिनयलाई सर्वाधिक रुचाइएको छ ।
दिनेश राउतले ‘आइ एम सरी’को असफलतालाई ‘नोभेम्बर रेन’बाट तोडेका छन् । यसअघि ‘हो यही माया हो’बाट करिब ४० लाख र मलेसियामा अवार्ड गरेर ३५ लाख डुबाएका निर्माता सुवास गिरीले बल्ल राहतको सास फेरेका छन्
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar