१९ बैशाख, भैरहवा । भारतबाट नेपाल ल्याइएको डिजेल आयल निगमको डिपोमा नपुर्याई बीच बाटोबाटै चोरेर खाडलमा भण्डार गर्ने काममा पूर्वमन्त्रीसम्मका ट्यांकर प्रयोग गरिएको रहस्य खुलेको छ । रुपन्देहीको भैरहवादेखि बुटवलसम्मका सडकक्षेत्रमा पेटोलपम्प चलाउने व्यवसायीकै ट्यांकर तेल चोरी गरी भण्डार गर्ने काम संलग्न हुदै आएको तथ्य खुलेपछि तेल चोरमा ठूलो गिरोहको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।
पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीको ट्यांकरमेत बरामद भएको छ । लु १ ख ६४२३, लु १ ख ६५०८ र ना ३ ख ९७८ नम्बरका ट्यांकर नारायण आयल डिष्ट्रिव्यूर्टसका मालिक चोपनारायण श्रेष्ठका हुन् । उनी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन्
तेल चोरीमा संलग्न १९ वटा ट्यांकरमध्ये अधिकांशका मालिक पेट्रोल पम्पका सञ्चालकहरु रहेका छन् । बरामद ट्यांकर पम्प व्यवसायी तथा पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीको समेत छ । त्यसैगरी पेट्रोलपम्प व्यवसायीहरु चोपनारायण श्रेष्ठ, हरिबहादुर कुवर, राकेशकुमार कशौधन, दयाशंकर कशौधन र प्रेमराज गैरेका ट्यांकर रहेका छन् । बरामद १९ वटा ट्यांकरमध्ये पूर्वमन्त्री चौधरीका छोराको कपिलवस्तु पकडीमा रहेको चौधरी आयल फिलिङको लु १ ख ६६०१ ट्यांकर हो । यस्तै ना २ ख १८४४ नम्बरको ट्यांकर बुटवल मिलन ब्रर्दश र फर्साटिकरमा मिलान पेट्रोलियम चलाउँदै आएका पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्वअध्यक्ष हरिबहादुर कुवरको हो ।
यस्तै लु १ ख ६६१६ र लु १ ख ८१०३ नम्बरको ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष राकेशकुमार कशौधनको हो भने उनी तीनवटा पम्पका मालिक हुन् । रुपन्देहीको कटैयामा इन्द्रलोक सप्लर्यस्, गुरबनियामा इन्द्रलोक इन्टरनेशनल र धकधईमा महाशक्ति आयल कशौधनका हुन् ।यसैगरी लु १ ख ६४२३, लु १ ख ६५०८ र ना ३ ख ९७८ नम्बरको ट्यांकर पडसरीमा नारायण आयल डिष्ट्रिव्यूर्टस रहेको चोपनारायण श्रेष्ठको हो । यातायात व्यवसायी समेत रहेका श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि हुन् । यस्तै बरामद लु १ ख २७९२ नम्बरको ट्यांकर बुटवल डिजल्सलाई लिजमा लिएका प्रेमराज गैरेको हो भने लु १ ख ६६०४ नम्बरको ट्यांकर दयाशंकर कशौधनको हो । उनले रुपन्देहीको पत्थरडाडामा त्रिमूर्ति आयल सप्लार्यस चलाइरहेका छन् ।
त्यसैगरी लु १ ख ६६३२ नम्बरको ट्यांकर बालकृष्ण गैरेको हो भने लु १ ख ६४८८ नम्बरको ट्यांकर बुटवल निवासीरुद्र प्रसाद शर्माको हो । लु १ ख ६६८३ नम्बरको ट्यांकर बि्रजेन्द्रकुमार चौधरीको नाममा छ । अन्य ट्यांकरको कागजात फेला नपरेकाले ती ट्यांकर कसका हुन् भन्ने तथ्य बाहिर आउन नसकेको प्रहरीको भनाइ छ ।
घटनामा संग्लन पडसरी-१ का चालक रामचन्द्र अधिकारी, विनोद उप्रेती र मधवलीया-३ का विक्की क्षेत्रीले ट्यांकर आफुले जिम्मा लिएर अन्य व्यक्तिलाई चलाउन देखिएको छ । बरामद १९ मध्ये अधिकारीले ५ वटा, क्षेत्रीले ५ वटा ट्यांकर र उप्रेतीले ९ वटा ट्यांकर आफू मातहत चलाइरहेका थिए ।
ठूलालाई उन्मुक्ति दिने चलखेल
प्रत्यक्षरुपमा तीनजनाको नाम जोडिए पनि यस घटनामा प्रयोग अधिकांश ट्यांकरहरु पम्प व्यवसायीकै हुन् । ट्यांकरै फेरेर भए पनि पम्प व्यवसायीलाई उन्मुक्ति दिन व्यवसायीहरु लागिरहेका छन् । कतिपय ट्यांकरको नम्बरै फेर्न खोजिएको छ भने कतिपयमा ट्यांकर धनीको नामसमेत अर्कै बताउने काम समेत भएको छ ।चोरेर तेल बेच्ने ट्यांकरहरु पूर्वमन्त्री देखि उद्योगीसम्मका पाइएपछि त्यसलाई फेर्न समेत चलखेल सुरु भएको हो ।
कारवाही गरी छाड्छु : एसपी थापा
spरुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापाले पडसरी-१ का डिजल माफिया विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलीया-३ का बिक्की क्षेत्रीलाई जस्तोसुकै अवस्थामा कारबाही गरी छाड्ने बताएका छन् ।
उनले फरार सबैलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याएरै छाड्ने बताए । उनले भने, ‘पक्राउ गर्न हामीले प्रहरी परिचालन गरिसकेका छौं, डिजल माफियाहरुले ट्यांकरमा लगाएको सील तोडेकोबारे अनुसन्धान जारी छ ।’
सरकारी कर्मचारीको समेत खोजी
प्रहरी प्रमुख थापाले चोरीमा सरकारी कर्मचारीको संग्लनताबारे अनुसन्धान भइरहेको बताउदै उनीहरुलाई पनि नछाडिने बताए । पेट्रोलियम पदार्थ लिएर आएका टयांकरहरु भारतबाट नेपाल छिरेलगत्तै सीमानाका बेलहियामा सिलबन्दीको चेकजाच गरेर मात्रै अगाडि बढ्न दिनुपर्ने एसपी थापाले बताए ।