Headlines News :
fb
Home » » अब देशभरका गाविसको संख्या ३६३३ मात्र

अब देशभरका गाविसको संख्या ३६३३ मात्र


  • नगरपालिका थपिँदा २८३ वटा गाविस हराए

२५ बैशाख, काठमाडौं । सरकारले नयाँ नगरपालिका घोषणा गरेपछि देशभरिबाट २ सय ८३ वटा गाविसहरु गायव भएका छन् । देशभरि ३९ सय १६ गाविस रहेकोमा अब ३६ सय ३३ वटा गाविसमात्रै रहेका छन् । स्थानीय विकास मन्त्रालयका अनुसार ताप्लेजुङ, खोटाङ, बाँके र सुनसरीमा दुई-दुईवटा गाविसहरु घटेका छन् । पाँचवटा नगरपालिका बनेको मोरङमा १२ वटा गाविस घटेका छन् । झापामा ६ वटा गाविस घटेका छन् । संखुवासभामा पाँच गाविस घटेका छन् ।

 त्यस्तै पाल्पा, रौतहट, काभ्रे, दार्चुला, चितवन र बझाङमा पनि ५/५ वटा गाविस घटेका छन् । त्यस्तै बर्दिया, कैलाली, कञ्चनपुर र दैलेखमा ६/६ वटा गाविसहरु घटेका छन् । नवलपरासीमा ११ वटा, कपिलवस्तुमा ८ वटा गाविस घटेका छन् । सप्तरीमा १५ गाविस घटेका छन् । सर्लाहीमा १६ र अछाममा नगरपालिका बन्ने क्रममा १३ वटा गाविसहरु घटेका छन् । सल्यान, अर्घाखाँची, सिरहा र प्युठान लगायतका जिल्लामा ७/७ वटा गाविसहरुको घटेका छन् । धनुषामा ८ गाविस घटेका छन् भने त्यस्तै लमजुङ, जुम्ला, सिन्धुपाल्चोक, गुल्मी, भोजपुर, उदयपुर लगायतका जिल्लामा ४/४ वटा गाविसहरु घटेका छन् । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar