Headlines News :
fb
Home » » १८ वर्ष उमेर पुगेकालाई अनिवार्य सैनिक तालिम दिनुपर्नेमा जोड

१८ वर्ष उमेर पुगेकालाई अनिवार्य सैनिक तालिम दिनुपर्नेमा जोड

काठमाडौं, जेष्ठ १ । संविधानसभा बैठकमा विषयगत समितिका प्रतिवेदनहरुमाथि छलफल सुरु भएको छ । आज बसेको बैठकमा अघिल्लो संविधानसभामा सहमति भएका विषयमा सामान्य छलफल भएको छ ।

संविधानसभा अभिलेख तथा निक्र्योल समितिका सभापति विषणु पौडेलले माघ ८ भित्रै संविधान जारी गर्ने गरी समितिहरुमा काम भइरहेको बताए ।

छलफलमा सहभागी हुँदै सभासदहरुले अघिल्लो संविधानसभाले गरेका सबै विषय स्वीकार गर्नुपर्ने तर आवश्यकता अनुसार संशोधन गर्न पनि तयार हुनुपर्ने बताए ।

बैठकमा एकीकृत माओवादी र नेपाल मजदुर किसान पार्टीका सभासदहरुले १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य सैनिक तालिम दिने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

तर, नेपाली कांग्रेस र एमालेका सभासदहरुले भने सैनिक तालिमको स्थानमा बरु कुनै सीपमुलक तालिम दिनुपर्ने बताएका थिए । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar