क्रोडुला मात्र होईन रारा तालसम्मको गन्तव्य बनाएर गएका जोकोहीले यसरी नै आफ्ना पीडाहरु भुल्ने गरेका छन् । नेपालको सबैभन्दा ठूलो ताल रारा प्राकृतिक रुपमा जति सुन्दरछ, त्यो सुन्दरताको दृश्यावलोकन गर्न उत्तिनै कठिन छ । रारा पुग्नका लागी एकमात्र हवाई माग भएको ताल्चा विमानस्थल अहिले पिच गर्ने कार्य सुरु भएका कारण केही समय बन्द हुँदा जुम्लादेखि तीन दिनको पैदलमार्ग भएर पुग्न सकिन्छ रारा ।
तर जुम्ला सम्म पनि हवाई यातायातको उचित व्यवस्थापन नहुदा समस्या पर्ने गर्दछन् राराका लागि यात्रा तय गर्ने पर्यटकहरु । रारा तालमा नया बर्ष मनाउने सोचका साथ खप्तडदेखि यात्रा गरेका ११ जना विदेशी र ९ जना नेपाली पर्यटक जब बर्षको अन्तिम दिन रारामा बास बस्न पुग्दा सबै आफ्नो थकाई नै विर्सीएका थिए । मसहित केही साथीहरु एक दिन अघि नै पुगेपनि अन्य साथीहरु भने अन्तिम दिनमात्र पुगेका थिए ।
छिन छिनमा पानी पर्छ छिनमा घाम लाग्छ । छिन छिनमा मौसमम परिवर्तन भईरहने । घाम लागिरहेका बेला राराताल पुगेका धनगढीका आशीष चौधरी एक छिन मै हिँउ परेका देख्दा छक्क परे । उनी मात्र नभएर नभएर रारा पहिलो पटक पुगेकी कास्कीकी सरिता गुरुड पनि जीवनमा पहिलो पटक हिउँ देख्न पाएको भन्दै रमाएकी थिइन् । रारामै नया बर्ष मनाउनका लागी जाने विदेशीहरुका संख्या शुन्य भएपनि नेपाली भने उल्लेखनिय रुपमा दिन प्रतिदिन बढ्दै गएको डाफेँ लजका संचालक गोपल बलमे बताए । नयाँ बर्षको समयमा रारा ताल छेउमा एक मात्र होटल डाफे लजमा बास बस्नका लागी अभाव समेत हुने गर्दछ ।
समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा अवस्थित रारा तालमा विश्वकै दुर्लभ स्नो टाउट प्रजातीको माछा पाईन्छ । रारा तालका पुरा आकृती हेर्न लागी समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाईमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो ।




