Headlines News :
fb
Home » » कुमारित्व बारे चिर्नै पर्ने भ्रम

कुमारित्व बारे चिर्नै पर्ने भ्रम

हाम्रो समाजमा केटीहरुको कुमारित्वलाई प्रतिष्ठासँग समेत जोड्ने गरिएको छ । केटीहरुको कुमारित्वबारे थुप्रै मान्यता ब्याप्त छन् । तर के ती मान्यता सहि छन्  त ?


कतिपय मानिस कुमारी केटीको पहिलो यौन सम्बन्धमा व्लिडिङ अर्थात रक्तश्राव हुनु पर्ने मान्यता राख्छन् भने कतिपयले अन्य मान्यता पनि स्थापित गरेका छन् ।

आखिर के हो कुमारित्व ?
कैयौं अनुसन्धानले पहिलो यौन सम्पर्कको समयमा रक्तश्राव हुनु वा नहुनुसँग कुमारित्वको कुनै सम्बन्ध नभएको पुष्टी गरिसकेका छन् । विभिन्न कारणले पहिलो यौन सम्बन्धमा पनि रक्तश्राव नहुन सक्ने चिकित्सकहरु बताउँछन् । यद्यपी ४२ प्रतिशत महिलालाई भने पहिलो यौन सम्पर्कको समयमा रक्तश्राव हुन्छ । तर बाँकीलाई हुँदैन ।
किन हुन्छ रक्तश्राव ?
महिलालाई पहिलो यौन सम्पर्कको समयमा रक्तश्राव हुने पहिलो कारण योनीमा रहेको हाइमन झिल्ली टुट्नु हो । तर सबैलाई यसै हुन्छ भन्ने चाँहि केही जरुरी  छैन । कतिपय महिलाको हाइमन नामको उक्त झिल्ली जन्मेदेखि नै नहुने पनिहुन्छ । भने कतिपयको निक्कै लचिलो हुने हुँदा यौन सम्बन्धन राख्दा पनि नटुट्ने हुन सक्छ ।
स कारण पनि नहुन सक्छ रक्तश्रावः
कतिपय महिलालाई योनीको झिल्लीबारे जानकारी नै नहुने हुन्छ । खासमा खेलहरु खेल्ने दौडिरहने वा साइकल बाइक चलाउन एवं घोडा चड्ने केटीहरुको झिल्ली त्यसै पनि टुट्न सक्छ । त्यसकारण पहिलो यौन सम्बन्धमा रक्तश्राव नहुन पनि सक्छ ।
कुमारी भए नभएको कसरी थाहा पाउने ?
कसैलाई लाग्न सक्छ कुनै केटी कुमारी भए नभएको कसरी थाहा पाउने भनेर । यस विषयमा हाल सम्म भएका कुनै पनि शोधले यो विषयमा ठोस नतिजा दिन सकेका छैनन् । स्वयं महिलाले बाहेक उनी कुमारी भएको नभएको अरुले नजान्ने   बताइन्छ ।
अर्को पनि भ्रमः
कतिपय पुरुष यौन सम्बन्ध बनाइसकेकी स्त्रीको यौनाङ्ग फरक देखिन्छ वा बदलिन्छ । तर यो पनि भ्रम मात्र हो । अन्य स्वास्थ्य समस्याले यस्तो हुने भएपनि यौन सम्बन्ध राखेकै कारण महिलाको योनीमा कुनै वदलाव आउँदैन ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar