Headlines News :
fb
Home » , » सडक बन्यो, ग्रिन बेल्ट बन्दै

सडक बन्यो, ग्रिन बेल्ट बन्दै

काठमाडौं- माइतीघर–तीनकुने सडक खण्ड विस्तारपछि जति आकर्षक र सुन्दर देखिएको छ । यसको सुन्दरता अरु थपिने भएको छ । विगतको चार लेन सडकलाई विस्तार गरेर आठ लेन बनाइसकेपछि आकर्षक देखिएको सडकका बीचमा ‘ग्रिन बेल्ट’ (हरियाली बगैंचा) निर्माण गरेर सौन्दर्य थप्न लागिएको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले ८ लेन सडकका बीचमा दुईदुई मिटरका हरियाली बगैंचा निर्माण गर्न लागेको छ । प्राधिकरणले सडकको दुवैतर्फ चार लेन सडकपछि दुईदुई मिटरको हरियो बगंैचा निर्माणको काम आगामी जेठ २२ बाट गर्ने भएको छ ।
बगैंचामा वृक्षरोपणका लागि प्राधिकरणले बोटबिरुवा खरिदको काम अगाडि बढाएको छ । प्राधिकरणले २२ गते विश्व वातावरण दिवसका अवसरमा उक्त सडकमा ग्रिन बेल्टका लागि वृक्षरोपण सुरु गर्न लागेको जनायो । सडक निर्माणको काम सकिएपछि प्राधिकरणले ग्रिन बेल्ट निर्माण अगाडि बढाउन लागेको हो ।
प्राधिकरणका प्रमुख योगेश्वर पराजुलीका अनुसार ग्रिन बेल्ट निर्माणका क्रममा पहिलो चरणमा माइतीघरदेखि बबरमहलसम्म वृक्षरोपणको काम सुरु गर्ने कार्यक्रम छ । ‘पहिलो चरणमा ३ सय ५० मिटर क्षेत्रमा वृक्षरोपण गरिनेछ,’ उनले भने, ‘त्यसपछि बिस्तारै तिनकुनेसम्म नै हरियाली निर्माणको काम अगाडि बढाइनेछ ।’ उनका अनुसार सार्क शिखर सम्मेलन सुरु हुनुअगाडि उक्त सडक खण्डका सबै क्षेत्रमा हरियाली निर्माणको काम सकिनेछ ।
पहिलो चरणमा हरियाली गर्ने भनिएको ग्रिन बेल्टमा मसिनो खपटे, चाइनिज कल्फी, आरु फूल, फिरफिरे, पुँवाले, पहेँलो निलकाँडा, एजेलिया, सेतो कल्फी जस्ता बिरुवा रोपिनेछ । हरियालीसँगै सडकको सुन्दरता कायम गर्न यस्ता बिरुवा रोप्न लागेको पराजुलीले जानकारी दिए ।
प्राधिकरणले हरियो बगैंचा विगतको चार लेन सडक हुँदा पैदलयात्री हिँडिरहेको दुवैतर्फको फुटपाथमा बनाउने भएको हो । बगैंचाका लागि आवश्यक निर्माणको काम काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरिरहेको छ । आयोजनाले बगैंचा निर्माणका लागि उपयुक्त स्थान निर्माणको जिम्मा युनाइटेड लोकविर एन्ड लेकाली कम्पनीलाई दिएको छ ।
कम्पनीले गत चैत मसान्तभित्रै बगैंचा निर्माणका लागि आवश्यक पूर्वाधार तयार पारिसक्नुपर्ने थियो । तर सडक विस्तार क्रममा भएको ढिलाइका कारण बगैंचा बनाइने स्थानको निर्माणमा पनि ढिलाइ हुन पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार माइतीघर–तिनकुनेसम्मको दुई दशमलव ६ किलोमिटर लामो उक्त खण्डमा बगंैचा निर्माणको काम केही दिनभित्रै सकिनेछ ।
जेठ दोस्रो सातासम्म उक्त सडकमा पुल निर्माणको कामबाहेक अन्य सबै काम सकिने आयोजनाले जनाएको छ । बगंैचा र ८ लेन फराकिलो सडकसहित उक्त खण्डमा सडकको दुवैतर्फ २.५ मिटरको फुटपाथ र २.५ मिटरकै साइकल लेन बनाइसकिएको छ ।
आयोजना प्रमुख खरेलका अनुसार ८ लेन फराकिलो उक्त सडकको बीचमा पर्ने चार लेन सडक तीव्र रफ्तारको हुने र बाँकी चार लेन सडक लोकल बस सञ्चालनका लागि हुनेछन् । गत वर्षको वैशाखबाटै निर्माणको काम सुरु भएको उक्त सडक खण्डको सबै काम गत साउन महिनाभित्रै सक्ने गरी सम्झौता भएको थियो ।
तर, निर्माणको काम अगाडि बढाइरहेको समयमा जेठको लगातार वर्षात र ठेकेदार कम्पनीकै ढिलाइका कारण निर्माणको काम जेठसम्म सरेको हो । ४६ दशमलव ४० मिटर फराकिलो उक्त सडक खण्डको निर्माणका लागि ५० करोडभन्दा बढी खर्च भइसकेको आयोजनाले जनाएको छ । सडक निर्माणको काम सकिए पनि उक्त सडकका दुई स्थान धोबीखोला र बागमती नदीमाथिको पुल निर्माणको काम भने अझै कहिले बन्ने हो, टुंगो लाग्न सकेको छैन ।(श्रोत नागरिक )
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar