Headlines News :
fb
Home » » अख्तियारले भन्यो : तालिम नदिइ विदेश नपठाउ

अख्तियारले भन्यो : तालिम नदिइ विदेश नपठाउ

काठमाडौं, वैशाख २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेश जाने नेपाली कामदारलाई अनिवार्य अभिमुखीकरणको व्यवस्था गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।
अख्तियारले विदेश जाने नेपाली कामदारको छनौट भइसकेपछि भिसा प्रक्रिया अघि नै अनिवार्य अभिमुखीकरण सम्बन्धि कार्यक्रम गर्न निर्देशन दिएको हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई प्रदान गरिने अभिमुखीकरण तालिम दिनेहरुको सेवा विश्वसनीय, भरपर्दा र गुणस्तरीय बनाउन अनुमगन प्रणाली सुधार गर्न पनि अख्तियारले भनेको छ ।
अख्तियारले मलेसियाको जेल तथा डिटन्ट सेन्टरमा रहेका र अन्य ठाँउमा अलपत्र परेका नेपालीलाई राहत उपलब्ध गराई उद्दार गर्न तथा ज्यान गुमाएका व्यक्तिको शव नेपाल ल्याउनका लागि सहजिकरण गर्न तत्काल २० लाख रुपैया मलेसियामा रहेको नेपाली दुतावसमा पठाउन भनेको छ ।
गृहमन्त्रालय, अर्थमन्त्रालय श्रममन्त्रालय, श्रम तथा बैदेशिक रोजगार विभाग प्रर्बद्धन बोर्ड, भान्सार विभाग, अध्ययागमन विभाग, परराष्ट्र मन्त्राललगायतका अधिकारीहरुसँगको छलफलपछि अख्तियारले यस्तो निर्देशन दिएको हो ।
यस्तै अख्तियारले मलेशियाको जेल तथा डिटेन्सन सेन्टरमा रहेका तथा अन्यत्र अलपत्रमा परेका नेपाली कामदारलाई राहत उपलब्ध गरी उद्धार गर्न तथा कामको सिलसिलामा ज्यान गुमाएका नेपाली कामदारको शव नेपाल ल्याउन सहजीकरण गर्न मलेसियामा रहेको नेपाली राजदूतावासलाई वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट २० लाख रुपैयाँ तत्काल पठाउने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयमा लेखी पठाउन समेत भनेको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar