Headlines News :
fb
Home » , » नरपानीको जगतमा बस र ट्रक ठोक्किदा १९ को मृत्यु, मर्नेको सन्ख्या बढ्दै (

नरपानीको जगतमा बस र ट्रक ठोक्किदा १९ को मृत्यु, मर्नेको सन्ख्या बढ्दै (

नरपानीको जगतमा बस र ट्रक दूर्घटना लगतै फेरी सन्धिखर्कको स्यालेबजारमा जिप दूर्घटना भएको छ । जिपमा सवार दुई युवक मृत्‍यु भएको छ।
- डाक्टरको मृत्‍यु- दुर्घटनामा जिल्ला अस्पताल सन्धिखर्कका डा. बिष्णु आचार्यको पनि मृत्‍यु भएको छ। उनले  बुबालाई लिएर बुटवल जादै थिए । बुबाको पनि मृत्‍यु भएको छ।
- गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको एमआई१७ हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

अहिले सम्म सनाखत हुनेमा:-
जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत  वाङ्लाका डाक्डर कार्यरत डा विष्णु आचार्य तथा  उनको बुबा जनार्धन आचार्य यस्तै खाडाका गणेश बेलबासे, बुटबलका कृष्ण श्रेष्ठ, अर्घाँखाँची धारापानीका नरेन्द्र बन्जाडे तथा ढाकाबाङका बसन्त क्षेत्री छन्।


वीरेन्द्र केसी

जगत, अर्घाखाँची  (२०७१ बैशाख १७ बुधवार) । बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । नरपानी ५ जगतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै दस जनाएको मृत्यु भएको थियो भने अन्यको बाटोमा लैजादै गर्दा एवम उपचारको क्रममा मृत्‍यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको एमआई१७ हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । तीमध्ये २३ को अवस्था गम्भीर छ ।



अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट साढे १२ बजे बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु १ ख ७८२७ नम्बरको मिनीट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

एक आपसमा ठोक्किएपछि बस र ट्रक सडकबाट एक सय मिटर तल खसेका छन्।

साँघुरो बाटोका कारण तीव्र गतिमा भएका दुवै गाडी ठोक्किएपछि एकै चोटी पल्टिएका हुन् । नेपाली सेना, प्रहरी र सर्वसाधारण उद्दार गरिरहेका छन ।

अहिले सम्म सनाखत हुनेमा जिल्ला अस्पताल अर्घाखाँचीमा कार्यरत वाङ्लाका डाक्डर कार्यरत डा विष्णु आचार्य तथा उनको बुबा जनार्धन आचार्य यस्तै खाडाका गणेश बेलबासे, बुटबलका कृष्ण श्रेष्ठ, अर्घाँखाँची धारापानीका नरेन्द्र बन्जाडे तथा ढाकाबाङका बसन्त क्षेत्री छन्। अन्यको सनाखत हुन सकेको छैन।

यसैबीच घाईते ल्याएर अस्पतालतर्फ आउँदै गरेको लु १ ज १३२९ स्यालेमा दुर्घटना भएको छ । जिपमा सवार दुई युवक मृत्‍यु भएको छ।

यसैगरी सभासद डा. दुमन थापाले एक प्रेस विज्ञप्ती प्रकासित गर्दै नरपानीको जगतामा भएको दुर्घटना प्रति गहिरो दु :ख ब्यक्त गरेका छन।




Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar