काठमाडौ, वैशाख १५ - अचेल मानिसहरू राजेश हमाल भन्नासाथ फिल्मभन्दा पहिले उनको विवाहको कुरा सम्झन्छन् । उमेरले चार दशक काटिसकेका भए पनि सिंगल रहेका कारण हमालको विवाह प्रसंगले निकै चर्चा पाउँछ । मधु भट्टराईसँग गहिरो प्रेममा रहेको खुलासा भएपछि उनको चर्चा झनै चुलियो ।
त्यसमाथि उनले गत माघमा विवाह गर्ने घोषणा गरे । तर, भएन । वैशाखमा सर्यो । अहिले जेठमा हुने चर्चा छ । १४ जेठमा रसिेप्सन पार्टी दिने हल्ला पनि चलेको छ तर उनका अभिव्यक्ति सुन्दा विवाहका लागि अझ तयार भइसकेका छैनन् भन्ने पुष्टि हुन्छ । ३ वैशाखमा कहलिएका हेयर ड्रेसर राम ठाकुरको सैलुन उद्घाटनका क्रममा हमालले जेठमा विवाह नहुने संकेत दिएका छन् ।
पत्रकारले विवाहको कुरा सोधेर र्याखर्याख्ती पारेपछि उनले भनेका थिए, "किनारामा पुगेपछि मात्र खोला कसरी तर्ने भन्ने निर्णय गरिन्छ । अहिले खोला धेरै टाढा छ ।" यसको सोझो अर्थ हो, उनी विवाह गर्ने मुडमा पुगिसकेका छैनन् । त्यसैले कहिले र कसरी गर्ने कुनै टुंगो लागेको छैन ।
fb