Headlines News :
fb
Home » » विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क दोब्बर बढ्यो

विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क दोब्बर बढ्यो

१३ बैशाख, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघले वैदेशिक रोजगारमा जान गरिने स्वास्थ्य परीक्षक शुल्कमा भारी वृद्धि गरेको छ । महासंघले १ जेठबाट लागू हुनेगरी विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क पाँच हजार पाँच सय रुपैयाँ पुर्‍याएको हो । हालसम्म विदेश जाने कामदारले महासंघ आबद्ध मेडिकलमा स्वास्थ्य परीक्षण गराउँदा दुई हजार ६ सय २५ रुपैयाँ मात्रै तिरे पुथ्यो । राजधानीमा बिहीबार बसेको महासंघ अन्तर्गतका व्यवसायीको विशेष भेलाले स्वास्थ्य परीक्षण शुल्क बढाउयने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन शुल्क वृद्धि गर्नुपरेको महासंघको दाबी छ । महासंघका अध्यक्ष प्रवीण तिवारीले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई व्यस्थित र गुणस्तरीय बनाउन शुल्कवृद्धि गर्नुपरेको बताए । उनले कम शुल्कमा गुणस्तरीय स्वस्थ्य परीक्षण हुन नसकेको भन्दै व्यवसायीको सुझावअनुसार कामदारकै हतिका लागि शुल्क समायोजन गरिएको बताए ।

 ‘हामीले सरकारले तोकेभन्दा पनि निकै सस्तो दरमा स्वास्थ्य परीक्षण गराउँदै आयौं तर मापदण्ड र गुणस्तरीयतातर्फ ध्यान दिन सकेनौं, त्यसैले अब गुणस्तर र मापदण्ड पहिलो प्राथमिकतामा पर्छ, शुल्क पनि केही समायोजन गर्नैपर्छ,’ तिवारीले भने । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड अत्यन्तै कमजोर भएपछि श्रम तथा रोजगार मन्त्रालयले स्वास्थ्य संस्था सूचीकरणसम्बन्धी मापदण्ड २०७० जारी गरेको थियो । सो अनुसार अहिले महासंघआवद्ध दुई सय ३८ मेडिकल सूचीकरणमा परेका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar