कम्प्युटर भाइरसहरू प्रयोगकर्ताका लागि टाउको दु:खाइ बन्ने गरेका छन्। एकबाट अर्को कम्प्युटरमा सर्ने तथा कम्प्युटरमा खराब काम गर्ने यी भाइरसले प्रयोगकर्ताको इच्छाविपरीत कम्प्युटर प्रणालीलाई हानि गर्छन्। धेरैलाई हानि पु:याउने भाइरसले संसारभरिका सम्पूर्ण कम्प्युटर प्रयोगकर्तालाई दिक्क बनाएको छ। तर, भाइरस कसले र किन बनाउँछ भन्ने विषयचाहिँ रहस्यको गर्भमै छ।
भाइरसले कम्प्युटरका फाइल तथा डाटानष्ट गर्नेदेखि अपरेटिङ सिस्टम र एप्लिकेसन नै ध्वस्त गर्न सक्छन्। इन्टरनेट र इमेलबाट भाइरस एक कम्प्युटरबाट अर्कोमा सर्छन्। हिजोआज पेनड्राइभको माध्यमबाट पनि भाइरस धेरै सरेको पाइन्छ।
भाइरस पनि कम्प्युटर प्रोग्राम नै हो। विन्डोज अपरेटिङ सिस्टम धेरै प्रयोगमा रहेको हुनाले भाइरस प्रोग्रामहरूले पनि त्यसैलाई लक्षित गरी भाइरस प्रोग्रामिङ गरेका हुन्छन्। ती भाइरस प्रोग्रामहरू कुनै अवस्थामा गर्न नसकिने पनि हुन्छन्। त्यसो त विन्डोजमा पनि नि:शुल्क एन्टिभाइरस प्रोग्राम पाइन्छ। त्यो प्रोग्राम त्यति प्रभावकारी हुँदैन। नि:शुल्क पाइने एन्टी भाइरसले कतिपय अवस्थामा तपाईंको कम्प्युटरमा भाइरस छ तर त्यसलाई डिलिट गर्ने यो सफ्टवेयरलाई अपग्रेड गर्दा सशुल्क गर्नुस् भन्ने सन्देश दिएर दिक्क बनाउँछ।
विन्डोज अपरेटिङ सिस्टममा धेरैजसो एन्टी भाइरस प्रोग्राम खरिद गर्नुपर्छ, जसको बजारमूल्य हजार रुपैयाँभन्दा माथि नै पर्छ। एक/दुई हजार रुपैयाँ खर्च गरेर यसरी खरिद गरिएको एन्टी भाइरसले पनि एक वर्षभन्दा धेरै समय सेवा दिँदैन। विन्डोजको तुलनामा लिनक्स अपरेटिङ सिस्टममा भाइरसको प्रभाव पर्दै पर्दैन भने पनि हुन्छ। त्यसैले धेरै सर्भरले डाटा सुरक्षित गर्न लिनक्स अपरेटिङ सिस्टम प्रयोग गरेका हुन्छन्। लिनक्समा केही प्रोग्रामिङ बग देखा परे इन्टरनेटको सहायताले अपरेटिङ सिस्टम नै नि:शुल्क अपडेट गर्न सकिन्छ।
लिनक्समा भाइरस नलाग्ने भने होइन। भाइरसकै कुरा गर्ने हो भने पनि विश्वमा विभिन्न कारण र उद्देश्यले निर्माण गरिएका भाइरसहरूको संख्याको सालाखाला एक प्रतिशतजति मात्र लिनक्स अपरेटिङ सिस्टममा सक्रिय रहेको पाइन्छ। माइक्रोसफ्टको विन्डोज सर्भर, विन्डोज सेभेनजस्तै लिनक्स पनि अपरेटिङ सिस्टम हो। विन्डोजमा जति मात्रामा नि:शुल्क सफ्टवेयर भेटिन्छ, लिनक्स अपरेटिङ सिस्टममा सञ्चालन गर्ने भनेर त्यत्तिको संख्यामा सफ्टवेयर खरिद गर्नु पर्दैन। क्लोज्ड सोर्स हुनु पनि माइक्रोसफ्टका उत्पादनहरूको अर्को नराम्रो पक्ष हो।
यसमा कुनै प्रोग्रामलाई अलिकति मोडिफाई गरेर प्रयोग गर्न सम्भव छैन। केही मोडिफाई गरेर कुनै सफ्टवेयर प्रयोग गर्नु परेको अवस्थामा पूरै प्रोग्राम नै नयाँ बनाउनुपर्छ तर लिनक्स ओएस ओपन सोर्स भएका कारण यसमा कुनै पनि प्रोग्राम कसरी निर्माण भएका हुन् र के कसरी काम गर्छन्, थाहा पाउन सकिन्छ। आवश्यकताअनुसार सोर्स कोड मोडिफाई गरेर प्रोग्रामलाई आफ्नो आवश्यकताअनुसार ढाल्न सकिन्छ। कुनै प्रोग्राम निर्माण गर्दा हुनसक्ने गल्ती ओपन सोर्स कम्युनिटीका सदस्यहरूबाट सच्याउन सकिन्छ।
जानकारहरूका अनुसार लिनक्सको विकास भविष्यमा कुनै पनि कारणले बन्द हुने सम्भावना छैन। लिनक्सको विकास र विस्तार सामूहिक रूपमा भएकाले माइक्रोसफ्टको जस्तो यसको एकाधिकार हुने सम्भावना छैन।