Headlines News :
fb
Home » » इजिप्टमा ६ सय ८३ जनालाई एकसाथ मृत्युदण्डको सजाय

इजिप्टमा ६ सय ८३ जनालाई एकसाथ मृत्युदण्डको सजाय

काठमाडौं, वैशाख १५ । इजिप्टमा करिब ७ सय जना इस्लामिकहरु विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको छ । अदालतमा सामूहिक सुनुवाइका क्रममा मुस्लिम ब्रदरहुडका नेता मोहोम्मद बादेइसहित ६ सय ८३ जना विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

गत वर्ष एउटा प्रहरी चौकीमा भएको आक्रमणमा दोषी ठहर गर्दै उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइको हो । मुस्लिम ब्रदरहुड, सेनाद्धारा ‘कू’ गरी अपदस्थ गरिएका राष्ट्रपति मोहोम्मद मुर्सीको पार्टी हो ।

अदालतले यसअघि पनि गत मार्चमा ५ सय २९ जना ब्रदरहुडका सदस्य विरुद्धको सुुनुवाइका क्रममा ४ सय ९२ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर, उनीहरु मध्ये धेरैको सजाय आजीवन कारावासमा बद्लिएको छ ।

इजिप्टमा मुर्सीलाई अपदस्थ गरेपछि उनका समर्थकहरु विरुद्ध सेना समर्थित सरकारले छानिछानी कारबाही गरिरहेको छ । मुस्लिम ब्रदरहुड अहिले प्रतिबन्धित पार्टी हो । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar