Headlines News :
fb
Home » » भारतीय डान्स शोमा हंगामा गर्दै नेपाली वालिका (भिडियो सहित)

भारतीय डान्स शोमा हंगामा गर्दै नेपाली वालिका (भिडियो सहित)

 भारतीय इन्टरटेनमेण्ट च्यानल जि टिभीको लोकप्रिय रियालिटी शो डीआइडी लिल मास्टर्स मा यतिबेला एक नेपाली वालिकाले निक्कै हंगामा गरिरहेकी छिन् । रुपन्देहीको बुटवलबाट प्रतिस्पर्धामा गएकी तेरिया मगर डीआइडी लिल मास्टर्स को यस पटकको सिजनमा टप ८ मा पुगिसकेकी छिन् ।  आफ्नो फेसियल एक्सप्रेसन र नृत्यबाट जजहरुलाई मन्त्रमुग्ध पार्दै आएकी उनी फाइनलिष्ट बन्ने अपेक्षा समेत गरिएको छ ।
 उनीले गरेको प्रत्येक नृत्यमा जजहरुले खुलेर प्रशंसा गरेको देखिन्छ । उनको पछिल्लो नृत्यमा मिथुन चक्रवर्तीले नेपाल सुन्दर देश भएको भन्दै तेरियालाई नेपालकी रानीको सज्ञा समेत दिएका छन् । भारतीय टेलिभिजनका रियालिटी शोमा निक्कै उच्चस्तरको प्रतिस्पर्धा हुने गरेको छ । विशाल जनसंख्या भएको देशमा गएर नेपाली चेलीले गरेको यो प्रगति निक्कै प्रशंसनीय ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar