Headlines News :
fb
Home » » बेल्जियममा रहेका विमल स्वदेश फर्कंदै

बेल्जियममा रहेका विमल स्वदेश फर्कंदै

काठमाडौं : बेल्जियममा रहेका नेपाली यु-१६ राष्ट्रिय टोलीका कप्तान विमल घर्ती मगर बिहीबार काठमाडौं आउने भएका छन्। एएफसी यु-१६ च्याम्पियनसिप फुटबलको तयारीका रहेको नेपाली टोलीमा सहभागिता जनाउन विमल आउन लागेका हुन्।

एएफसी यु-१६ च्याम्पियनसिप भदौ २१ देखि असोज ४ गतेसम्म थाइल्यान्डमा आयोजना हुनेछ। च्याम्पियनसिप सन् २०१५ मा बेल्जियममै आयोजना हुने यु-१७ विश्वकपको छनोट खेल पनि हो।

च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने चार टोली विश्‍वकपका लागि छनोट हुनेछन्। च्याम्पियनसिपको समूह 'सी' मा नेपालसहित उज्वेकिस्तान, उत्तरकोरिया र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। विमल बेल्जियमको एन्डरलेच्ट क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar