Headlines News :
fb
Home » » ३१ बर्षकी भइन रेखा । श्रीकृष्ण्को शोकमा जन्मदिन नमनाउने ।

३१ बर्षकी भइन रेखा । श्रीकृष्ण्को शोकमा जन्मदिन नमनाउने ।

नेपाली चलचित्रमा एक छत्र राज गर्दै आएकी नायिका रेखा थापा को बिहिबार जन्मदिन हो । उनी बिहिबारबाट ३० बर्ष पुरा भइ ३१ बर्षमा प्रवेश गरेकी छिन । हरेक साल भाद्र पाँच गते ठुलै जमघटका साथ जन्मदिन मनाउदै आएकी रेखाको यसपटकको जन्मदिनमा भने कुनै जमघट हुने छैनन । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको शोकमा रेखाको कुनै जमघट आयोजना नगरेकी हुन । श्रीकृष्ण आफ्नो परिवारको सदस्यजस्तै रहेकाले उहाँको निधनको शोकमा आफुले जन्मदिन नमनाउने निर्णय गरेको रेखाले बताइन । जन्मदिनको अवसरमा आफन्त तथा शुभचिन्तको तर्फबाट भने उनलाई शुभकामनाको ओइरो लागिरहेको छ ।
रेखा हाल फिल्म हिम्मतवालीको निर्माणमा ब्यस्त छिन । रेखा स्वयमको निर्माण तथा निर्देशन रहेको फिल्म हिम्मतवाली दशैको अवसरमा फुलपातीका दिन रिलिज हुदैछ । त्यस्तै उनको
अपकमिङ फिल्महरुमा तथास्तु, जाउ हिड पोखरा लगायत छन ।
हिम्मतवाली रेखालाई जन्मदिनको अवसरमा नमस्तेफिल्मी डटकमको तर्फबाट पनि लाखलाख शुभकामना ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar