Headlines News :
fb
Home » » नेपालले सिंगापुरलाई हरायो

नेपालले सिंगापुरलाई हरायो

काठमाडौं : नेपाली युवा टोलीले मलेसियामा जारी एसीसी यु-१६ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। नेपाली टोलीले शुक्रबार भएको आफ्नो दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले हरायो। यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि १० विकेटको सजिलो जित हात पारेको थियो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको सिंगापुरले ३५.२ ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र बनाउन सक्यो। नेपाली बलर पवर सर्राफले चार विकेट लिए।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar