
उनले १४ हजार १ सय ६६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय १७ मत पाए। त्यस्तै एमाओवादीका लीलामणि पोखरेलले ३ हजार ५ सय ५६ मत पाए। कृष्णगोपाल श्रेष्ठ दुई पटक भएको संविधान सभा निर्वाचनमा तीन पटक पराजित हुने नेता भएका छन्।
संविधान सभाको निर्वाचन दुईमा माधवकुमार नेपालले २० हजार ४ मत ल्याएर १२ हजार ४ सय ६९ मत ल्याएकी प्रतिमा गौतमलाई पराजित गरेका थिए। उनको यो फराकिलो अन्तर जोगाउनु त टाँढै कुरो, श्रेष्ठले पराजित गौतमले भन्दा २ हजार २ सय ९९ कम मत ल्याए।
काठमाडौं क्षेत्र नम्बर दुईमा यो पहिलो पटक गैर कम्युनिस्ट दलले जितेको हो। यो क्षेत्रबाट मदन भण्डारी, विद्या भण्डारी, नारायण ढकाल, प्रदीप नेपाल, झक्कु सुवेदी, माधवकुमार नेपालले जित हासिल गरेका थिए। सुवेदीबाहेक सबै नेकपा एमालेका नेताहरु हुन्।
पहिलो संविधान सभाको निर्वाचनमा एमाले महासचिव माधवकुमार नेपालाई तत्काली नेकपा माओवादीका झक्कु सुवेदीले पराजित गरेका थिए। गत संविधान सभा निर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपालले कांग्रेसकी नेतृ प्रतीमा गौतमलाई ९ हजार मतअन्तरले पराजित गरेका थिए।
संविधानसभाको उपनिर्वाचनअन्तर्गत नेपाली कांग्रेसले दुई र नेकपा एमालेले एक सिट ल्याएको छ। कांग्रेसले चितवन क्षेत्र नम्बर ४ र कैलाली क्षेत्र नम्बर ६ मा विजयी भएको छ। चितवन-४ मा नेपाली कांग्रेसका रामकृष्ण घिमिरे विजयी भएका हुन्। उनले २० हजार ३ सय १८ त ल्याइ विजयी भए।
संविधानसभाको उपनिर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिपक प्रसाद कुइँकेल विजयी भएका छन्। उनले १४ हजार १ सय ६६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय १७ मत पाए। त्यस्तै एमाओवादीका लीलामणि पोखरेलले ३ हजार ५ सय ५६ मत पाए।
प्रतिद्वन्द्वी एमालेका दिलकुमारी रावलले १७ हजार २ सय ७२ र एमाओवादीका खुसीराम पाख्रिनले ७ हजार ८ सय ५५ मत ल्याए। संविधान सभा चुनावमा यो क्षेत्रबाट प्रधानमन्त्री सुशील कोइराला विजयी भएका थिए।
त्यस्तै कैलाली-६ मा कांग्रेसका पुस्करनाथ ओझा विजयी भएका छन्। उनले १४ हजार ७ सय ८४ मत ल्याइ विजयी भएका हुन्। यस क्षेत्रबाट कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा विजयी भएका थिए।
त्यस्तै बर्दिया-१ मा एमाले श्याम ढकाल विजयी भएका छन्। उनले १६ हजार ९ सय ९६ मत ल्याइ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका सोडे विष्टले ११ हजार ३ सय २५ मत ल्याए। यस क्षेत्रबाट एमालेकै वामदेव गौतम विजयी भएका थिए।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका दिपकप्रसाद कुँइकेल अगाडि छन्। उनले १० हजार ७ सय ३६ मत पाएका छन्। त्यस्तै एमालेका कृष्णगोपाल क्षेष्ठले ७ हजार ८ सय ७२ मत पाएका छन्। तेस्रोमा एमाओवादीका लीलामणि पोखरेलले २ हजार ८ सय २८ मत पाएका छन्। राप्रपा नेपालले भने २ हजार १४ मत ल्याएको छ। यस क्षेत्रबाट एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका थिए।
चरै क्षेत्रको आइतबार बिहान सात बजेदेखि साँझ पाँज बजेसम्म मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार चारै क्षेत्रमा गरी ६५ प्रतिशतमात्र मत खसेको थियो।
चारै क्षेत्रमा गरी कूल २ लाख ५१ हजार ३ सय ४ जना मतदाता थिए। उपनिर्वाचनमा ६० वटा दलका ७६ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए। जसमा १६ जना स्वतन्त्र र ९ जना महिला थिए।
निर्वाचन आयोगले चारै क्षेत्रमा गरी १३७ वटा मतदान केन्द्र र ३२४ वटा मतदान स्थल राखेको थियो।