Headlines News :
fb
Home » » टेलिकमले थप २० जिल्लामा थ्रीजी पुर्‍यायो

टेलिकमले थप २० जिल्लामा थ्रीजी पुर्‍यायो

काठमाडौ, जेष्ठ ७ - नेपाल टेलिकमले जीएसमएम मोबाइलमार्फत थप २० जिल्लामा थ्रीजी सेवा विस्तार गरेको छ । कम्पनीका अनुसार पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा सेवा सुरु गरिएको हो ।

पूर्वाञ्चल विकास क्षेत्रको मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा ३३ वटा बीटीएस टावर राखेर सेवा सुरु भएको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, रोल्पा, सल्यान, प्यूठान र जुम्लामा ३७ वटा बिटीएस टावर राखिएको छ । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सबै ९ जिल्लामा ३७ वटा टावरमार्फत थ्रीजी सेवा सुरु भएको उल्लेख छ ।

हाल थ्रीजी सेवा जिल्लाका सदरमुकाम र त्यसको आसपासका क्षेत्रसहित प्रमुख व्यापारिक केन्द्रमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले छिट्टै उक्त जिल्लाका अन्य क्षेत्रमा पनि सञ्चालन गर्ने गरी उपकरण जडानको काम जारी राखेको छ ।

थ्रीजी सेवामार्फत उपभोक्ताले भ्वाइस सेवासहित उच्च गतिको डाटा डाउनलोड र अपलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar