Headlines News :
fb
Home » » रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने

रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने

रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने
 रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने र यसले मुटुरोगका जोखिम उच्च बनाउने अमेरिकी वैज्ञानिकहरुले पछिल्लो अध्ययनले देखाएको छ । रातो मासुमा पाइने हानिकारक तत्वले रगतमा कोलेस्टेरोलको मात्रामा वृद्धि गर्ने र त्यो मुटुका लागि हानिकारक हुने वैज्ञानिकहरुलेब ताएका छन् । रातो मासुमा पाइने कार्निटिन नामक तत्व पेटमा गएपछि रासायनिक प्रतिक्रिया गरी हानिकारक रसायनमा बदलिने र त्यसले रगतमा कोलेस्टेरोलको मात्रा बढाउने बताइन्छ ।

 वैज्ञानिकहरुका अनुसार कार्निटिन नामक तत्व मानिसको पेटमा भएका व्याक्टेरियाले खाने र त्यसलाई ग्यासमा बदल्ने गर्छ । त्यो ग्यास कलेजोमा गएर टिएमएओ नामक रसायनमा परिवर्तन हुन्छ । यो रसायनले रक्तनलीहरुमा बोसो जमाउन सहयोग गर्छ जसका कारण विभिन्न खाले मुटुरोग देखिन्छ । टिएमएओ रसायनले रगतमा कोलेस्टेरोलको मात्रा बढाउन मद्धत गर्छ । वैज्ञानिकहरुका अनुसार शाकाहारी मान्छेको पेटमा कार्निटिन तत्व हजम गर्ने व्याक्टेरियाको संख्या कम हुन्छ । त्यसैले शाकाहारी मान्छेमा उच्च रक्तचाप तथा कोलेस्टेरोल बढ्ने समस्या पनि कम हुन्छ ।

मासु खाने मान्छेले पनि यस्ता ब्याक्टेरियाको सक्रियता कम गराउन वा फलदायी ब्याक्टेरियालाई सक्रिय बनाउनका लागि नियमित दहीको सेवन गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar