Headlines News :
fb
Home » » वैदेशिक रोजगारमा जाँदा ठगियो भने फर्केर आएपछि कति क्षतिपुर्ती पाइन्छ ?

वैदेशिक रोजगारमा जाँदा ठगियो भने फर्केर आएपछि कति क्षतिपुर्ती पाइन्छ ?

वैदेशिक रोजगारमा जाँदा ठगियो भने फर्केर आएपछि कति क्षतिपुर्ती पाइन्छ ?
बिपिन राउत
प्रश्न : म मिथिला मेनपावरबाट मलेशिया जाँदैछु । म इकापेन्टर भन्ने काममा १ लाख ४० हजार तिरेर जाँदैछु । यदि मैले अहिले त्यो पैसा तिरेर पछि नेपाल फर्किएर वैदेशिक रोजार विभागमा उजुरी गरें भने कति क्षतिपुर्ति पाउँछु ।
उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग - सर्वप्रथमत श्रम स्वीकृती पाएको हो कि होइन भन्ने कुरामा तपाईं एकिन हुन पर्छ । त्यो पैसा दिँदा तपाईं भरपाइ पाउन सक्नुहुन्छ कि हुँदैन । किनभने तपाईं गएर फर्किसकेपछि जुनसुकै विषयमा उजुरी दिँदा पनि प्रमाण चाहिन्छ । प्रमाण बिना त न्याय दिन सकिँदैन । त्यसकारण भरपाइ नलिइ पैसा नदिनुहोला । विभागले अहिले नयाँ सेवा एसएमएस सुरु गरेको छ ।
तपाईंले त्यँहिबाट पनि आफूले श्रम स्वीकृती पाए नपाएको जानकारी पाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले अँग्रेजीको पीपी टाइप गर्नुस्, अनी एक स्पेस छोडेर आफ्नो पासपोर्ट नम्बर लेखेर ४००१ मा एसएमएस गर्नुभयो भने तपाईंको श्रम स्वीकृती पाउनुभयो भने तपाईं जाने देश, कम्पनी, लाग्ने खर्छ, सबै थाहा हुन्छ । अर्को कुरा तपाईंले कुरा गर्नुभएको म्यानपावर कम्पनी सरकारबाट अनुमति प्राप्त हो कि होइन त्यो पनि हेरिदिनुहोला ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar