Headlines News :
fb
Home » » ‘चरी’ घटनाको छानविन हुन्छ : गृहमन्त्री

‘चरी’ घटनाको छानविन हुन्छ : गृहमन्त्री

काठमाडौं, श्रावण २२ । ‘चरी’ उपनामले चिनिने गुण्डा नाइके दिनेश अधिकारीको घटना छानविन गरी दोषीलाई कारवाही गर्न आफन्तहरुले माग गरेका छन् । गृह मन्त्री बामदेव गौतमसंग आज बिहान मन्त्री निवास पुल्चोकमा भेट्न पुगेका उनीहरुले अधिकारीको नियोजित ढंगले हत्या गरीएको बताएका छन् ।
घटना सम्बन्धमा सरकार मौन रहेको भन्दै उनीहरुले निष्पक्ष छानविन गरी दोषिलाई कारवाही नगरे आन्दोनल गर्ने धम्की दिएका छन् । गृह मन्त्री गौतमले घटना सम्बन्धमा छानविन गरीने आश्वासन दिएका छन् । गृह मन्त्री गौतमलाई भेट्न धादिङ्का सभासद् र अधिकारीका आफन्त मन्त्री निवास पुगेका थिए ।
प्रहरीले भने चरी प्रहरी कारबाहीमा मारिएको बताउदै आएको छ । प्रहरीले हत्या, गुण्डागर्दी, अपहरण र असुली जस्ता अनगिन्ती अभियोगमा चरी संलग्न रहेको जनाएको छ ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar