चितवन : चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको गिद्ध प्रजनन् केन्द्रमा काम गर्ने २९ वर्षीय हरिश्चन्द्र बोटेको बाघको आक्रमणबाट ज्यान गएको छ। चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टिकाराम पौडेलले बिहान साढे ६ बजे सरसफाई गर्ने क्रममा चितवनको माडी घर भएका बोटेलाई नजिकैको झाडीमा लुकेर बसेको बाघले आक्रमण गरेको जानकारी दिए।
निकुञ्जका कर्मचारी बोटेको घटनास्थलमै ज्यान गएको निकुञ्जले जनाएको छ। बोटेको शवको जिल्ला अस्पताल भरतपुरमा पोष्टमार्टम गरिएपछि अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ।
यसैबीच, मुख्यालय नजिकै बाघले आक्रमण गरेपछि बाघको नियन्त्रणका विषयमा चितवन राष्ट्रिय निकुञ्जका अधिकारी तथा प्राविधिकबीच छलफल भएको छ। बाघले किन आक्रमण ग:यो र अवस्था के छ भन्ने विषयमा अनुसन्धान गर्न छलफल भएको सूचना अधिकारी पौडेलले जानकारी दिए।
