गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ बुधबार प्रहरी मुठभेडमा मारिंदा एक चर्चित मोडल शोकमा परेकी छिन् ।
सन् २००६ की मिस टीन नेपाल खुश्वु ओली केही बर्षदेखि दिनेश अधिकारीसँग अफयेरमा थिइन् । प्रहरीले ओलीको घरबाटै चरीले चढ्ने गाडीसमेत बरामद गरेको थियो ।
बुधबार साँझ चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदा यी मोडल शोकमग्न र आक्रोशित मुद्रामा थिइन् ।‘उसलाई पुलिसले योजनाबद्धरुपमा मारेको हो’ ओलीले मिडियासामु भनिन् – ६ महिनादेखि नै पुलिस उसलाई मार्न लागिरहेको थियो ।’
एक प्रहरी अधिकारीले आफुलाई मन पराएर पछि लागेको तर, आफुले मतलव नगरेपछि चरीलाई निशाना बनाइएको उनको दावी थियो । दिनेश र आफ्नो सम्बन्धका कारण पुलिसले पटकपटक दुःख दिएको उनको भनाई थियो । उनले दिनेशसँग आफ्नो ‘पारिवारिक’ सम्बन्ध रहेको बताइन् ।
तपाईसँग आज भेट भएको थियो ? संचारकर्मीको प्रश्नमा खुश्वुले भनिन्- आज भेट भएको थिएन् ।’
सन् २००५ मा पहिलो मिस टीन नेपाल भएकी थिइन् पि्रयंका कार्की जो अहिले नेपाली सिने जगतकी चर्चित नायिका हुन् । सन् २००६ मा उपाधि जितेकी ओली केही बिज्ञापनमा अभिनय गरेपनि सिनेमा क्षेत्रमा आइनन् ।
हाल उनी ह्युमन वेलफेयर ग्रुपमार्फत् समाजसेवामा पनि सक्रिय छिन ।
शिक्षण अस्पतालमा संचारकर्मीसँग कुरा गर्दै खुश्वु ।
हेर्नुहोस भिडियो- के भनिन् शुख्वुले शिक्षण अस्पतालमा ?