तनहुँ, साउन २० – साउदी अदालतले तनहुँकी शोभा परियारलाई सोमबार मृत्युदण्ड दिएपछि उनको तनहुँ भिमाद ३ मा बस्दै आएका परिवार अहिले पीडामा छन् ।
२ वर्षीय शिशु हत्याको आरोपमा साउदी जेलमा रहेकी शोभालाई मृत्युदण्ड दिइएको खबरपछि ६५ वर्षीय बुबा भीमबहादुर परियार र ५५ वर्षीया आमा बुद्धिसरा परियारको आँखाको आसु ओभाएको छैन् । खबरले सिङ्गो गाउँ अहिले शोकमा डुबेको छ ।
११ वर्षीय छोराको पालनपोषणका लागि ३ वर्ष अघि साउदी गएकी ३२ वर्षीया शोभालाई झुटो आरोपमा मृत्युदण्ड दिइएको उनको परिवारको भनाइ छ । बच्चालाई हेरिरहेको समयमा शिशुको मृत्यु भएको आरोप लगाएर आफूलाई जेलमा हालिएको शोभाले बारम्बार टेलिफोनमा बताउने गरेको उनका भाई धुव्र परियारले बताउनुभयो ।
आइतबार मात्रै टेलिफोन गरेर शोभाले आफूले जेलभित्रै ५ दिनदेखी काम गदै आइरहेको र केही रकम आम्दानी हुने बताएको आमा बुद्धिसरा परियारले बताउनुभयो । शोभाको ११ वर्षीय छोरा गाउँकै विद्यालयमा कक्षा ५ मा अध्ययन गर्छन् ।