काठमाडौं, साउन १८ – काठमाडौंमा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।
काठमाडौंभन्दा दुईसय किलोमिटर उत्तरको तिब्बतलाई केन्द्र बनाएर गएको ५ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंलगायत केहि क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आइतबार विहान ११ बजेर ४२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।