Headlines News :
fb
Home » , » मोदीलाई कडा सुरक्षाः सेनाको विशेष कमाण्डोदेखि हवाई गस्तीसम्म (भिडियोसहित)

मोदीलाई कडा सुरक्षाः सेनाको विशेष कमाण्डोदेखि हवाई गस्तीसम्म (भिडियोसहित)

काठमाडौं, श्रावण १६ । भीभीआइपीको सुरक्षा कारण देखाएर सडक रित्तो पार्न सुरक्षा निकायबाट सर्वसाधारणले पाउने सास्तीको आलोचना भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा पनि त्यही अवस्था दोहोरिने निश्चित छ ।

राजामहाराजादेखि गणतन्त्र आइपुग्दासम्म पनि परिवर्तन नभएको यो चलन राजकीय सम्मान प्राप्त भारतका सरकार प्रमुख आउँदा झन कसिलो बन्ने पक्का छ । मोदीको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने निर्णयअनुसार राजधानीमा एक हप्ताअघिबाट नै विशेष सुरक्षा योजना लागू गरेको छ । सादा पोसाकमा प्रशस्तै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित गुप्तचर विभागका भिन्नाभिन्नै टोलीलाई काठमाडौं उपत्यकाका मुख्य–मुख्य स्थानमा खानतलासी र पक्राउ गर्ने अधिकारसहित परिचालन गरिएको छ । यद्यपि, टाउको दुखाइको विषय बन्ने गरेको ट्राफिक व्यवस्थापन गर्दा सर्वसाधारणको हितलाई ध्यान दिने गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालको भनाइ छ ।

त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुरक्षा योजना लागू गर्ने निर्णय भइसकेको छ । यसअन्तर्गत उनी आउनुभन्दा एक दिनअघि श्रावण १७ गतेदेखि फर्कने दिन १९ गतेसम्म विमानास्थलभित्र तस्वीर नभएका पासवाहकलाई समेत प्रवेश दिइने छैन ।

सुरक्षा निकायको उच्चस्तरीय बैठकले विमानस्थल सवारीसाधनलाई समेत निषेधित क्षेत्रबाट बाहिर जाने र प्रवेश गर्न रोक लागाउने निर्णय गरेको छ । विमानस्थलको पत्रमार्फत् प्रवेश अनुमति लिएका सवारीसाधनलाई समेत मोदीको भ्रमण अवधिभर प्रवेशमा रोक लगाइएको छ ।

मोदी गुजरातको मुख्यमन्त्री हुँदा उनको हिन्दू धार्मिक छवि र गुजरातमा भएका हिंसात्मक घटनाका साथै छिमेकी राज्य विहारको पटनामा चुनावीसभाका क्रममा भएको विस्फोटलाई पृष्ठभूमिमा राखेर सुरक्षा विश्लेषण गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी स्रोतले दिएको छ ।

सुरक्षा योजनाअन्तर्गत सशस्त्र प्रहरी, नेपाल प्रहरीले अलग–अलग चौबीसै घन्टा र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले अन्य सुरक्षा निकायसँग सहकार्य गरी सूचना संकलन गर्नेछन् । प्रधानमन्त्री मोदीको मुख्य सुरक्षाको जिम्मा सेनाको विशेष कमाण्डो टोलीले लिनेछ । मोदीको सुरक्षाका लागि सैनिक हेलिकोप्टरबाट हवाई गस्ती पनि गरिने जनाइएको छ ।

मन्त्रालयमा बुधबार बसेको सुरक्षा निकायको बैठकले मोदीको सुरक्षामा उच्चस्तरीय सुरक्षा कमाण्ड गठन गरेको हो । सवारी,सडक र भीभीआईपी सुरक्षाको जिम्मा प्रहरीले लिएको छ । मोदीको सुरक्षाको लागि अघिल्लै दिन विशेष कमाण्डो दस्ता भारतबाट आउने छ । मोदी सवारीमा प्रयोग हुने अत्याधुनिक उपकरण जडित बुलेटप्रुफ गाडी भारतबाटै ल्याइएको छ ।भिडियोसहित)


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar