साउन २६ - कीर्तिमानी जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ब्राजिलमा विश्वकप जित्ने सपना पुरा भएकोले सन्यासका लिएको उनले बताएका छन् ।
‘जर्मन फुटबलको सफलतामा योगदान गर्न पाउँदा निकै खुसी र गर्वको महसुस गरेको छु’ क्लोजले भनेका छन् ‘त्यसैले मेरा लागि राष्ट्रिय टिमबाट सन्यास लिने योभन्दा राम्रो अवसर अरु हुनै सक्दैन । ’ ३६ वर्षे क्लोजले ब्राजिलमा विश्वकप जित्ने आफ्नो सानैदेखिको सपना भएको बताएका छन् ।
उनी विश्वकप फुटबलमा सर्वाधिक १६ गोल गर्ने खेलाडी हुन् । एक महिना अघि ब्राजिलमा सम्पन्न विश्वकपमा दुई गोल गरेर उनले यो कीर्तिमान बनाएका हुन् । सन् २००२ देखि यताका ४ वटा विश्वकपमा २३ खेल खेल्दै क्लोजले यो कीर्तिमान बनाएका हुन् । क्लोजले सन् २००२ को विश्वकपमा हेडरमार्फत ५ गोल गरेका थिए । यस्तै २००६ मा ५ गोल गरेका उनले ४ वर्षअघिको विश्वकपमा ४ गोल गरेका थिए । उनी विश्वकपका चार वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी पनि हुन् ।
१३ वर्ष राष्ट्रिय टिममा बिताएका क्लोजले राष्ट्रका लागि १ सय ३७ खेल खेलेर भने ७१ गोल गरेका छन् । क्लोजले गोल गरेका कुनै पनि खेल जर्मनीले हारेको छैन । विश्वविजेता जर्मन कप्तान फिलिप ल्हामले पनि यसै महिना सन्यास लिएका थिए ।