Headlines News :
fb
Home » , » मलेसियाबाट झण्डै दुईहजार नेपाली फर्किए

मलेसियाबाट झण्डै दुईहजार नेपाली फर्किए

क्वालालम्पुर, श्रावण २० - मलेसियामा गैरकानुनी हैसियतमा रहेकामध्ये १ हजार ९ सय ५९ जना नेपाली स्वदेश फिरेका छन् । केहीदिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसैबर्ष जनवरीदेखि जुन महिनासम्मको अवधिमा उनीहरु अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन् ।



स्थानीय एक दैनिकमा प्रकासित समाचारअनुसार गत ६ महिनाको अवधिमा नेपालीसहित १५ हजार एकसय ९ जना गैरकानुनी आप्रवासी कामदारले आत्मसमर्पण गरेका थिए । उक्त अवधिमा त्यसरी फिर्नेमध्ये नेपालीको संख्या दोश्रो ठूलो हो ।

स्वदेश फिर्नेमा श्रीलंकाली सबैभन्दा बढी छन् । उक्त अवधिमा आत्मसमर्पण गर्नेमध्ये २ हजार २८ जना श्रीलंकाली, एकहजार ८ सय ५८ भारतीय, एकहजार ६ सय २९ फिलिपिनो, एकहजार ६ सय ६ इण्डोनेसियाली, एकहजार १६ बर्मेली, एकहजार ९ पाकिस्तानी, नौसय ५२ बंगलादेशी र नौसय ४८ जना भियतनामी रहेका जनाइएको छ ।

मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई विभागमा आत्मसमर्पण गरेपछि माफी पाउने र  निश्चित रकम जरिवाना तिरेर स्वदेश फिर्नसक्ने अवसर दिंदै आएको छ । उसले पछिल्लोपटक गत आगामी डिसेम्बर ३१ सम्म अध्यगामन विभागमा उपस्थित भई जरिवाना र फिर्ती पासका लागि एकसय गरि ४ सय रिंगिट तिरेर घर र्फकने अवसरसमेत दिएको छ । दुईसाता अघिदेखि दिइएको उक्त अवसरको पनि तीन हजारभन्दा बढी गैरकानुनी आप्रवासीले सदुपयोग गरिसकेका जनाइएको छ । तर तीमध्ये कति नेपाली छन् भन्ने जानकारी छैन ।

अब गैरकानुनी हरेक नेपाली लगायत सबै आप्रवासी कामदार मलेसियाली अध्यागमन विभागमा पुगेर जरिवाना र फिर्ती पासका लागि ४ सय रिंगिट तिरेर सहजै स्वदेश फिर्न पाउँछन् । यसअघि नेपाली दुतावासको पहलमा जरिवाना र पासको लागि अहिलेभन्दा एकसय रिंगिट बढी तिरेर गैरकानुनी हैसियतका नेपालीहरु फिरेका थिए ।

गैरकानुनी आप्रवासीहरु सहजमाध्यम हुंदाहुंदैपनि स्वदेश फिर्न दलालको फन्दामा परेर ठगिने गरेका छन् । पर्याप्त सूचना प्रवाह हुँदासमेत उनीहरु दलालको भ्रममा पर्ने गरेका छन् । दलालमार्फत् घर फिर्न प्रतिव्यक्ति ३ हजार रिंगिटभन्दा बढी रकम खर्च गर्ने गरेका कयौं उदाहरणहरु छन् । तर मलेसियाले त्यस्तो सिन्डीकेट तोड्न न्युनतम शुल्क तिरेर फिर्नसक्ने व्यवस्था ल्याएपछि अब बहुसंख्यक आफैं अध्यागमन विभागमा उपस्थित भएर र्फकने विश्वास गरिएको छ । 'स्वदेश र्फकन चाहने गैरकानुनी नेपालीले कुनै दलालको पछि लाग्नुपर्दैन ।' दुतावासका एकजना कर्मचारी सुझाउँछन्  'फिर्ती हवाई टिकट र दुतावासबाट यात्रा अनुमतिपत्र भने लिनुपर्दछ । त्यति लिएर आफैं अध्यागमन गएर जरिवाना तिरे सहजै फिर्न पाइन्छ ।' मलेसियामा अझैपनि हजारौं नेपाली गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar