Headlines News :
fb
Home » » मोदीले मधेसी नेतालाई भने–‘क्षेत्रीय नारा छाडेर समग्र देशको कुरा गर्न गर्नुस्’

मोदीले मधेसी नेतालाई भने–‘क्षेत्रीय नारा छाडेर समग्र देशको कुरा गर्न गर्नुस्’

काठमाडौं, श्रावण १९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेश फर्कनुअघि आज विभिन्न मधेसी दलका नेताहरुसँग सामूहिक रुपमा भेट गरेका छन् । मोदीसँग भेट्न मधेसी नेताहरु महन्थ ठाकुर, विजयकुमार गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, अनिल झा, मेघराज नेपाली र कांग्रेसका अमरेश सिंह पनि हायात होटल पुगेका थिए ।

मधेसी नेताहरुलाई मोदीले क्षेत्रीय नारा छाडेर समग्र नेपालको कुरा गर्न सुझाव दिएका थिए ।

भेटमा मधेसी नेताहरुले आफूहरुलाई विभेद भएको गुनासो गर्दै अधिकार सम्पन्न मधेसका लागि सहयोग गर्न भनेपछि प्रधानमन्त्री मोदीले क्षेत्रीय कुरा छाडेर हिमाल, पहाड, तराईको विकासमा जुट्न सुझाव दिएको मधेसी नेता मेघराज नेपालीले सञ्चारकर्मीलाई जानकारी दिए ।
मोदीले भारतले कुनै क्षेत्र वा समुदायलाई सहयोग गर्न नसक्ने स्पष्ट सन्देश समेत मधेसी नेताहरुलाई दिएका थिए ।

मधेसी नेताहरुसँगको भेटपछि नेपाली कांग्रेसका नेताहरुसँग पनि मोदीले भेट गरेका थिए । भेटमा कांग्रेसबाट रामचन्द्र पौडेल र शेरबहादुर देउवा सहभागी थिए ।

त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मोदीसँग भेटवार्ता गरेका थिए । राजनीतिक दलहरुसँगको भेटपछि भारतीय प्रधानमन्त्रीसँग नेपालका उद्योगी व्यापारीहरुले भेटवार्ता गरेका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar