२६ साउन, काठमाडौं । दक्षिण कोरियाको मानव संशाधन विकास (एचआरडी)ले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइने भाषा परीक्षाका लागि यो वर्ष नेपालमा ६० हजार र्फम बिक्री गर्ने भएको छ । साउन २८ देखि ३१ गतेसम्म र्फम वितरणका लागि एचआरडीले तोकिएका र्फम नेपाल पठाएको हो । नेपालले यो वर्ष काठमाडौं उपत्यकाका तीन स्थानसहित बुटबल, धरान, डडेलधुरा र पोखरा गरी ७ स्थानबाट र्फक बिक्री गरिने कार्यक्रम अघि सारेको छ । डडेलधुरा र पोखरा यो पटक थपिएका केन्द्र
हुन् । गत वर्ष ४८ हजार र्फम वितरण गरिएको थियो । एचआरडीले प्रतिर्फम २४ अमेरिकी डलर (करिब २ हजार ४ सय रुपैयाँ ) परीक्षा शुल्कका रुपमा उठाउने कारोबारमा खबरछ । ‘
गत वर्ष र्फम वितरण गर्ने बेला कोरिया जाने योग्य सूची -रोस्टर) मा रहेका धेरै युवाले आन्दोलन गरेका थिए । त्यतिबेला पनि ४८ हजार आवेदन परेको थियो,’ ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने, ‘यो वर्ष ६० हजार पुग्ने अनुमान छ । त्यहीअनुसार कोरियाले र्फम पठाइसकेको छ । योभन्दा बढी युवा लाइनमा बसे अर्कै व्यवस्था गर्नेछ, उनीहरु फर्किनुपर्दैन ।’ नाम, जन्ममिति र फोटोमा ध्यान दिनुस् ईपीएस कोरिया शाखाले आवेदन दिने नेपालीले र्फम भर्दा नाम, जन्ममिति र फोटोमा ध्यान दिन आग्रह गरेको छ । गत वर्ष नाम, जन्ममिति र फोटो बिगि्रँदा धेरै आवेदकको आवेदन अस्वीकृत भएको थियो ।
नागरिकताबाट र्फम भर्दा धेरै आवेदकको नाम र जन्ममिति गल्ती हुने गरेको शाखाको भनाई छ । ‘नागरिकतामा नाम पहिला र थर पछि हुन्छ । तर, राहदानीमा थर अगाडि र नाम पछि हुन्छ । त्यही कारण रोस्टरको बेला गल्ती भेटिन्छ,’ बास्तोलाले भने । जन्ममिति अंग्रेजीमा परिवर्तन गर्दा पनि फरक हुने गर्छ । हालसालै खिचेको प्राकृतिक (नेचुरल) फोटो हुनुपर्ने शाखाले जनाएको छ ।