चितवन, श्रावण १७ । नेकपा एमालेका सचिव एवं पूर्व उर्जा मन्त्री गोकर्ण विष्टले नेपालको हितमा भारतसंग विद्युत् व्यापार सम्झौता गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विष्टले यस अवसरलाई देशको समृद्विसंगै जोड्नुपर्ने भन्दै नेपालको हितमा विद्युत् व्यापार सम्झौता गर्नुपर्नेमा जोड दिए ।
सचिव विष्टले लेवी, कोटा र कर निर्धारण नगरी निर्वाधरुपमा पिटिए हुनु जुरुरी रहेको बताए । उनले भारतसंग विद्युत् सम्झौता गर्न सकिए नेपालको जलविद्युत् विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुने बताए । विष्टले नेपालले आफ्नो मिहिनेतबाट नै देशलाई अगाडि बढाउन चाहेको भन्दै कसैसंग पनि तल झरेर सम्झौता गर्न नहुने उल्लेख गरे ।