काठमाडौं: नेपाल टेलिकमको सहकार्यमा साझा यातायातले साझा बसमा वाइफाइ सेवा सुरुवात गरेको छ। साझा सहकारी संस्थाद्धारा काठमाडौं उपत्कामा सञ्चालित साझा बसहरुमा नेपाल टेलिकमको एनटी वाइफाइ हटस्पट स्थापना गरी वाइफाइ सेवा सुरु गरेको हो।
कम्पनीका अनुसार साझा बसहरुमा वाइफाइ सञ्चालनको लागि नेपाल टेलिकमको प्रविधि जडान गरिएको छ। जसका माध्यबाट अब साझामा चढ्ने यात्रुहरुले वाइफाइ चलाउन पाउनेछन्।
साझा यातायातले कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्टसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल महाराजगञ्ज हुदै गोंगबु बसपार्कसम्म दुई वटा रुटमा १६ वटा बसमा सञ्चालन गरिहरेको छ। अब यात्रुले वाइफाइ मार्फत इन्टरन्ट चलाउनेको लागि जिएसएम तथा सिडिएमए पोस्टपेड/ प्रिपेड मोबाइलको म्यासेज बक्समा गएर वाइफाइ टाइप गरी १४१६मा म्यासेज पठाएपछि एउटा पासवर्ड पाउनेछन्। सोही पासवर्ड प्रयोग गरी साझा बस चढ्ने यात्रुहरुले आफुले प्रयोग गर्ने फोन, ल्यापटप, आइप्याड लगायत आइटी डिभाइसहरुबाट वाइफाइको मज्जा लिन सक्नेछन्। उक्त पासवर्डबाट एक घण्टा इन्टरनेट चलाउन सकिनेछ भने म्याद २४ घण्टासम्म रहनेछन । यात्रुले वाइफाइ चलाएवापत १० रुपैया मोवाइलबाटै काटिने साझाले जनाएको छ।