Headlines News :
fb
Home » , » शिवलिङ्ग उत्पत्ति भएको स्थानमा यस्तो देखियो गाँथ मेला(भिडियोसहित)

शिवलिङ्ग उत्पत्ति भएको स्थानमा यस्तो देखियो गाँथ मेला(भिडियोसहित)

दैलेख, श्रावण २५ । दैलेख र कालिकोटको सिमानामा रहेको बालुवाटार गाउँं विकास समितिको महावैमा लागेको गाँथ मेलामा भक्तजनको घुँइचो लागेको छ । गाँथ मेलामा शिवजीको दर्शन गर्न विभिन्न जिल्ला र भारतबाट समेत ठूलो संख्यामा दर्शनार्थी पुगेका छन् ।
उक्त स्थानमा जमिनबाट आफैं शिवलिङ्ग उत्पत्ति भएको विश्वासमा महादेवको पूजा गर्ने चलन रहेको छ । यहां परम्परागत रुपमा प्रत्येक वर्ष जनैपुर्णिमाको अघिल्लो दिन बिशेष पुजापाठ गरिन्छ भने जनै पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
समुन्द्री सतहबाट करिव पाचँहजार मिटरको उचाईमा रहेको महावु लेकमा यो मेला लाग्ने गर्दछ । महादेवको दर्शनका लागि चार सय मिटर टाढाबाट मुखमा वुकिको घाँस च्याप्ने र वुकिको फुल र धुप हातमा लिएर जानुपर्ने परम्परा छ ।
यस ठाउंँमा पुगेर महादेवको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । दैलेख र कालिकोटको सिमानामा पर्ने यस गाँथ मेलामा दुवै जिल्लाका पुजारीहरुले पुजा गर्ने गरेका छन् ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar