Headlines News :
fb
Home » , » मोदी नेपाल आइपुगे,१९ तोपको सलामी दिइयो (भिडियोसहित)

मोदी नेपाल आइपुगे,१९ तोपको सलामी दिइयो (भिडियोसहित)

काठमाडौं, श्रावण १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणक्रममा आज नेपाल आएका छन् । आज बिहान १० बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थल आइपुगेका मोदीलाई प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गरेका थिए ।

कोइरालाले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा मोदीलाई स्वागत गरेका हुन् । स्वागतको क्रममा नेपाल र भारत दुबै देशको राष्ट्रिय धुन बजाउँदै मोदीप्रति सम्मान गारत अर्पण गरिएको थियो । मोदीको सम्मानमा १९ तोपको सलामी पनि दिइएको छ । विमानस्थलबाट मोदी आफू बस्ने होटल हायात गएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले आजै प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति डा. रामवरण यादवसँग भने उनले भोलि भेट गर्नेछन् ।

यसैगरी, विभिन्न दलका शीर्ष नेताहरुसँग पनि उनले भेटवार्ता गर्नेछन् । आजै दुई देशका प्रधानमन्त्री तहमा प्रतिनिधिमण्डलसहित रहेर औपचारिक वार्ता हुनेछ भने दुई प्रधानमन्त्रीका बीचमा मात्रै पनि करिब आधा घन्टा वार्तालाप हुनेछ ।

आजै अपराह्न चार बजे प्रधानमन्त्री मोदीले संसदलाई सम्बोधन गर्नेछन् । आजै साँझ प्रधानमन्त्री सुशील कोइरालाले मोदीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् ।

यता, मोदी भ्रमणका क्रममा भारतसँग गर्ने भनिएको चर्चित उर्जा आयोजना विकास सम्झौता पीडिए र उर्जा व्यापार सम्झौता पीटीए भने नहुने भएको छ । लगानी बोर्डमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुबीचमै सहमति नबन्दा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको पीडिए नहुने भएको हो ।

यस्तै, मोदी भ्रमणकै क्रममा गरिने भनिएको बहुचर्चित उर्जा व्यापार सम्झौता पनि नहुने भएको हो । सम्झौता नभएपनि संयुक्त वक्तव्यमा भने यी दुबै विषयलाई समावेश गरिने निर्णय हिजो बसेको मन्त्रिपरिषद बैठकले गरेको छ । भारतले बनाएको मस्यौदामा नेपालले पठाएको जवाफको भारतबाट कुनै निर्णय नआएकाले पीटीए नहुने भएको हो ।

तर, एक/डेढ महिनामा पीटीए र पीडीए दुबै गर्ने विषय भ्रमणपछि जारी गरिने वक्तव्यमा उल्लेख गरिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
विशेष भिडियो हेर्नुहोस्

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar