सोल, श्रावण २६ - दक्षिण कोरियाको फारान खेल मैदानमा भएको दोश्रो एसियन युथ १२ फुटबल फेस्टिबल २०१४मा नेपालद्धारा दक्षण्िा कोरिया, जापान लाओस पराजित भएका छन् ।
१६ राष्ट्र सम्मिलित फेस्टिटवलमा नेपालको यु-१२ राष्ट्रिय फुटबल टोलीले कोरियालाई ५-० गोल, जापानलाई ४-० गोल र लाओसस १-० ले पराजित गरेका हो । अगस्त ८ देखि सोमबारसम्म संचालन हुने सो फेटिवलमा शनिबार र आइतबार नेपाली टोलीले खेल खेलेको थियो ।
शनिबार भएको पहिलो खेलमा नेपालले जापानलाई ४-० हराएको थियो । जापान विरुद्धको खेलमा नेपालका एलान थापाले २, रेजिन सुब्बाले १ तथा जय गुरुङले १ गोल गरेका थिए । सोहि दिन भएको दोश्रो खेलमा नेपाली टोलीले दक्षिण कोरियालाई ५-० ले हराएको थियो । कोरिया विरुद्धको खेलमा जय गुरुङ ,असिम भुसाल, विनय चौधरी, एलन थापा तथा अनिल महर्जनले गोल गरेका थिए ।
आइतबार लाओससंग भएको पहिलो खेलमा नेपाली टोलीका रेजिन सुब्बाको गोल निर्णायक बनेको थियो । त्यस्तै आइतबार नै भएको अर्को खेलमा नेपालले दक्षिण कोरियालाई ३-० ले पराजित गरेको थियो । कोरिया बिरुद्धको खेलमा एलन थापा, रेजिन सुब्बा र दर्शन गुरुङले गोल गरेका थिए ।
दोश्रो एसियन युथ फुटबल फेस्टिबलमा भाग लिन आएका यु-१२ राष्ट्रिय फुटबल टोलिलाई फुटबल खेलाडी कृष्ण गुरुङ लगायतका नेपाली समुदायले खादा ओढाई स्वागत , सम्मान गरेका थिए । टोलि सोमबार बिहान ९ बजे इन्च्छन एयरपोर्टबाट नेपाल फर्केको छ ।