Headlines News :
fb
Home » , » मेलम्ची खानेपानीको सुरुङ निर्माण सुरू

मेलम्ची खानेपानीको सुरुङ निर्माण सुरू

२३ साउन, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिट अन्तर्गत सुरुङ निर्माणमा भएको अवरोध तत्काललाई हटेको छ । निर्माण कम्पनी melamchi2सिएमसीको व्यवस्थापन पक्ष र आन्दोलनरत मजदुरबीच सहमती भएपछि मजदुरहरुले सुरुङ प्रवेशद्वारमा लगाएको ताला खोली काम सुरु गरेका छन् ।
सङ्घर्ष समितिका संयोजक चोकनाथ आचार्यका अनुसार ग्याल्थुम अडिटमा कार्यरत १०८ जना मजदुर कर्मचारीको माग औपचारिक रुपमा व्य
वस्थापनसमक्ष शुक्रबार बिहान दर्ता गरी समस्या समाधानका लागि १५ दिन समय दिइएको छ ।
निर्माण कम्पनीका प्रतिनिधिका अनुसार मजदुरहरुले काम सुरु गरेकाले उनीहरुको मागबारे सकारात्मक रुपमा छलफल गरी समाधान गर्न व्यवस्थापन पक्ष लागेको छ ।
तर, निर्माण कार्यमा अवरोध सिर्जना गरेमा व्यवस्थापन पक्ष कठोर रुपमा प्रस्तुत हुन बाध्य हुने जानकारी दिएको उनले बताए ।
राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्यमा कुनै बाधा अवरोध नल्याउन व्यवस्थापन पक्ष र मजदुर पक्षबीच आपसी समन्वय र समझदारी बढ्नुपर्ने नेपाली काँग्रेस क्षेत्रीय समितिका सदस्य प्रकाश दाहालले बताए । दाहालकै मध्यस्थतामा दुवै पक्षबीच बिहीबार वार्ता भई समस्या समाधानको बाटो खोलिएको हो । रासस
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar