
काठमाडौं, श्रावण १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि नेपालका मात्रै होइन, भारतकै सुरक्षाकर्मीसमेत केही दिनयता अहोरात्र खटिएका छन् । त्यसै अनुरुप बनाइयो ६ घेरे सुदृढ सुरक्षा व्यवस्था ।
त्यही तयारीअनुसार उनको सवारी पनि चलाइयो ।
तर, जनताको मनमा राज गरेर गणतन्त्र भारतको प्रधानमन्त्री बनेका मोदीले जनतासँगै टाढा हुने तौरतरिका किन रुचाउँथे र ?
मनले मानेन र मोदी उत्रिए उनको एक झलक पाउनकै लागि सडकपेटीमा उभिएका सर्वसाधारणहरुलाई भेट्न । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
