Headlines News :
fb
Home » , » सुनकोशी नदी ९० प्रतिशत खुल्यो, सयभन्दा बढी अझै सम्पर्कविहिन

सुनकोशी नदी ९० प्रतिशत खुल्यो, सयभन्दा बढी अझै सम्पर्कविहिन

सिन्धुपाल्चोक, श्रावण १९ । सिन्धुपाल्चोकको माङ्खा गाउँ विकास समितिको जुरेमा गएको पहिरोले थुनिएको सुनकोशी नदी ९० प्रतिशत खुलेको छ । अब १० प्रतिशत मात्र पानी खुल्न बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ । नदी खुलाउन अहिले स्काइभेटरसमेत प्रयोग गरिएको छ ।
थुनिएको सुनकोशी नदीको वहाव सामान्य अवस्थामा फर्किएपनि पहिरोले खसेको पहाड भने यथावत रहेको छ । उता, पहिरोले पुरिएर मृत्यु भएकाहरु मध्ये अहिलेसम्म १० जनाको मात्र शव भेटिएको छ भने अझै एक सय भन्दा बढी स्थानीय सम्पर्कमा नआएको घटनास्थलमा रहेका सुरक्षाकर्मीले जनाएका छन् ।
सुरक्षाकर्मी थुनिएको नदीबाट पानी खुलाउने हिजो पनि विष्फोट गराएका थिए । यसैबीच, सुनकोशी नदीले पु¥याएको क्षतिका बारेमा बुझ्न हिजो गृह मन्त्री वामदेव गौतम घटनास्थलमा पुगे । घटनाको निरीक्षणपछि उनले पीडितलाई तत्काल उद्धार र राहतमा केन्द्रित हुन स्थानीय प्रशासनलाई निर्देशन समेत दिए ।
पानीको बहाव सामान्य भएसंगै सुरक्षकर्मीहरुले उद्धार र बेपत्ताहरुकाबारेमा खोजी थालेका छन् । नदी खुलेपछि हुने सम्भावित घटनालाई ध्यानमा राखी छिमेकी जिल्लाका सुरक्षाकर्मीलाई भने सतर्क तुल्याइएको छ ।
पूर्वका पहाडी क्षेत्र र कोशी ब्यारेजमासमेत उच्च सतर्कता अपनाइएको छ । शनिबार विहान ३ बजे डाँडा नै खसेर आएको पहिरोले अरनिको राजमार्गको ड्याम साइडनजिक राम्चे ५ स्थित जुरेमा नदीको बहाव थुनिएपछि स्थिति भयावह बनेको हो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar