Headlines News :
fb
Home » , » अविरल बर्षाका कारण मनाङ सडक बन्द

अविरल बर्षाका कारण मनाङ सडक बन्द

लमजुङ, १७ साउन । लगातार परिरहेको अविरल बर्षाका कारण बेशिसहर–चामे सडक अबरुद्ध भएको छ । बेशिसहर–चामे सडक खण्डको ६५ किलोमिटर दरीमा पर्ने विभिन्न स्थानमा पहिरो जाँदा मनाङ जाने बाटो बन्द हुन पुगेको हो । केही दिनयता लगातार परेको बर्षाका कारण मनाङ र लमजुङको सिमानामा पर्ने म्यार्दीभिर, मनाङतर्फको सिरानताल, तिमाङ खोला लगायतका स्थानमा पहिरो गएपछि मनाङमा यातायातका साधनहरु जान सकेका छैनन् । विभिन्न स्थानमा गएको पहिरोका कारण मोटरसँगै मानिसहरु समेत हिंडडुल गर्न सकेका छैन्न ।
यता, लमजुङतर्फको अर्खलेबेशी नजिकै पहिरोले बाटो बगाएको स्थानियहरुले बताएका छन् । कुल ६५ किलोमिटर रहेको सो सडक खण्डमा अहिले मश्किलले १३ किलोमिटरमा मात्रै मोटर चलेको छ । सो सडक खण्डका केही स्थानमा गएको पहिरोका कारण अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकका साथै मनाङबासीहरु पुरानो बाटो हुदै आवातजावत गर्ने गरेका छन् ।

यसअघि पश्चिमाञ्चल सडक डिभिजन कार्यालय दमौलीले म्यार्दीभिर–तिमाङ खण्डमा भीरहरुको कटिङ गर्नेदेखि लिएर कच्ची नाला निर्माण गरेको थियो । तर, बर्षाका कारण निर्माण सम्पनन भएका नालीहरु सबै बगाएको छ । डिभिजन सडक कार्यालय दमौलीले म्यार्दी भिरको कटिङ, तिमाङ भीरको छहरमा हेम पाइप राख्नुका साथै निगालाघारीमा कजवेको निर्माण गरेको स्थानिय बासीन्दाले बताएका छन् । यस्तै तिमाङको उकालोमा कच्ची नाला बनाएपनि लगातार परिरहेको अविरल बर्षाले सबै बगाएको स्थानियहरु बताउँछन् ।

नेपाली सेनाले अहोरात्र खटिएर निर्माण गरेको ६५ किलोमिटरको बेशिसहर–चामे सडक खण्ड सरकारलाई हस्तान्तरण गरेसँगै सरकारले पहिलोपटक गएको आर्थिक बर्षमा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय दमौली मार्फत २ करोड बजेट बिनियोजन गरेको थियो ।

प्रारम्भिक सर्भेका साथ १९ बर्षअघि सडक विभागले निर्माणकार्य शुरु गरेको वेसीशहर–चामे सडक मुलुकको विषम परिस्थितिका कारण २०५८ सालदेखि नेपाली सेनाले निर्माणको जिम्मा लिएको थियो । सडक विभागले १ अर्ब ३७ करोड रुपैँयाको प्रारम्भिक लागतमा सडक निर्माण गर्न सकिने योजना बनाएकोमा नेपाली सेनाले त्यसको आधा बजेटमा नै मनाङमा सडक पु¥याइदिएको थियो ।
पहिरोले सडक भत्काएपछि मनाङमा पहिलेजस्तै हिँडेर जानुपर्ने अवस्था सिर्जना भएको छ भने खाद्यान्नलगायतका सामानको ओसारपसारका लागि खच्चर र भरियाको भर पर्नु परेको छ । मनाङ सडक नेपाली सेनाले छोडेर गएपछि सडकको मर्मत, स्तरोन्नती लगायतका कामहरुमा समस्या आउने गरेको मनाङ ताल गाउँका स्थानियबासी आश बहादुर गुरुङले जानकारी दिए । नेपाली सेनाले सडकमा सानो ढुङ्गा झर्दा पनि पन्छाएर सवारी तथा पैदलयात्रीहरुलाई आवतजावतमा सहज बनाइदिएको थियो तर अहिले सडक नै पहिरिएपछि कसैलेपनि चासो नदेखाएको
बताउँछन् मनाङ तालका स्थानिय आश बहादुर गुरुङ । ठाउँठाउँमा सडक पहिरोले भत्काएपछि पैदलयात्रु तथा अन्नपूर्ण पदमार्गमा आएका विदेशी पदयात्रीहरुलाई समेतसमस्या हुने गरेका ताचै बगरछापका स्थानीयवासीहरुले बताएका छन् ।
मनाङमा एकातिर सडक अवरुद्ध भएको छ भने अर्कोतिर हवाई सेवासमेत बन्द भएपछि मनाङमा खाद्यान्नको मूल्य बढ्ने संकेत देखिएको बताइएको छ । यता सडक बिग्रिएपछि खच्चर मार्फत मालसामान लैजान पनि समस्या पर्ने गरेको ब्यापारीहरु बताउँछन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar