एक महिनाको लडाँइपछि इजिप्टको मध्यस्थतामा गाजामा भैरहेको ७२ घण्टे संघर्षविरामलाई लम्ब्याउन आफूहरु तयार रहेको इजरेली अधिकारीले पुष्टी गरेका छन्।
हमास र इजरेलबीच भैरहेको लडाँइलाई रोकेर गाजामा लामो अवधिको युद्धविराम सुनिश्चित गर्ने प्रयासमा कायरोमा वार्ताहरु भैरहँदा इजरेली भनाई आएको हो।
तर इजिप्टको राजधानीमा रहेका एक जना बरिष्ठ हमासका अधिकारीले संघर्षविराम लम्ब्याउनेबारे कुनै सहमती नभएको बताएका छन्।
संयुक्त राष्ट्रसंघले गाजामा मारिने १८ सय प्यालेस्टीनी मध्ये १३ सय सर्वसाधारणहरु रहेको जनाएको छ।
संघर्षविराम
इजिप्टले इजरेल र प्यालेस्टाइनबीचको अप्रत्यक्ष वार्ताको मध्यस्तता गरिरहेको छ।
"मलाई लाग्छ केही सुत्रहरु छन् तर त्यसका लागि जोखीम उठाउनुपर्नेहुन्छ"
बाराक ओबामा, अमेरिकी राष्ट्रपति
एक जना बरिष्ठ इजरेली अधिकारीले बीबीसीलाई बताए अनुसार शुक्रबार समाप्त हुने संघर्षविराम अहिलेकै सर्त अनुसार लम्ब्याउन इजरेल तयार छ।
तर कायरोको वार्तामा सहभागी प्यालेस्टिनी प्रतिनिधिमण्डलका सदस्य मुसा अबु मरजोकले ट्वीटर मार्फत अहिले सम्म संघर्षविरामको अवधि बढाउने बारे कुनै सहमति नभएको जनाएका छन्।
यसैबीच वासिङटनमा बोल्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले दीगो युद्धविराम कायम गर्न दुवै पक्षका नेताहरुले जोखिम उठाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
उनले भने, “मलाई लाग्छ केही सुत्रहरु छन् तर त्यसका लागि जोखीम उठाउनुपर्नेहुन्छ, राजनीतीक नेताहरुले विस्तारै विश्वास बढाउनुपर्छ जुन काम हिंसाको लग्गतै पछि निक्कै कठिन काम हो।”
प्रधानमन्त्री बेन्जमीन नेतन्याहूले गाजामा भएको नागरिक हताहतीको कारण उनीहरुलाई मानवीय ढालको रुपमा प्रयोग गर्ने हमास भएको बताए।
गाजामा पूर्ननिर्माणका लागि अन्तरराष्ट्रिय सहयोग चाहिने हमासको माग रहेको छ
जेरुसेलमबाट बीबीसीका विर डेभिस भन्छन् संघर्षविरामलाई लम्ब्याउने कुराले सानै भएपनि स्पष्ट रुपमा इजरेल र हमासबीचको दीर्घकालीन सम्झौताको सम्भावना तर्फ संकेत गर्छ।
माग
कायरो वार्तामा सहभागी प्रतिनिधिमण्डलमा हमास, इसलामी जिहाद र प्यालेर्स्टीनीयन अथोरिटीका सदस्यहरु छन्।
उनीहरुले सन् २००७ देखि गाजामा इजरेलले कायम राखेको नाकाबन्दी अन्त्त्य गरिनुपर्ने र अन्तरराष्ट्रिय लगानीमा गाजाको पूनर्निमाण गरिनुपर्ने माग गरेका छन्।
नर्वेले गाजाको पूनर्निमाणको बिषयमा छलफल गर्न दाताहरुको सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।
गाजामा रहेका बीबीसी सम्वाददादता जोन डोनीसन भन्छन्, द्वन्दका कारण विस्थापित दशौँ हजार मानिसहरु गाजा फर्किरहेका छन् तर अधिकांशले त्यहाँ आफ्ना केही पनि बाँकी नरहेको पाएका छन्।
जुलाई ८ देखि सुरु भएको हिंसामा अधिकाश सर्वसाधारण सहित १८ सय प्यालीस्टिनी र मुलत सैनिकहरु सहित ६७ इजरेलीको ज्यान गएको छ।