Headlines News :
fb
Home » , » संसारका सुन्दर शहरलाई आकाशबाट हेर्दा (फोटोफिचर)

संसारका सुन्दर शहरलाई आकाशबाट हेर्दा (फोटोफिचर)

बर्डस् आइज भिउ अर्थात् माथि आकाशबाट देखिने कुनैपनि वस्तु तथा ठाउँको विहंगम दृश्य, जसलाई आकाशे दृश्य पनि भन्न सकिन्छ । जमिनबाट पूरै दृश्य देख्न नसकिने ठाउँ तथा वस्तुहरुको आकाशे दृश्य साँच्चीकै सुन्दर हुन्छ । आकाशे दृश्यमा विश्वका ठूला ठूला सहरहरुको झलक कस्तो होला ? जहाज चढेको बेला तल देखिने दृश्य जस्तै, तर अझ प्रष्ट । विश्वका नामी सहरहरुको चराआँखे दृश्य हेर्ने चाहना छ ? हामीले इन्टरनेटबाट खोजिनीति गरेर विश्वका केही चर्चित सहरहरुको विहंगम आकाशे दृश्य यहाँ प्रस्तुत गरेका छौँ :
मेक्सिको सिटी टेक्सकोको तालको टापुमा सन् १३२५ मा मेक्सिको सहरको स्थापना भएको हो । यसको आकाशे दृश्य साँच्ची फूल आकारकै छ ।

गिजा: इजिप्टको नाइल नदीस्थित किनारामा रहेको गिजा सहरको मुख्य आकर्षण भनेकै विश्वकै आश्चर्यको रुपमा रहेको गिजाको पिरामिड नै हो ।


सनसिटी: अमेरिकाको सनसिटीको आकाशे दृश्य साँच्चीकै मनमोहक छ । यसका सामुदायिक सडक अधिकांस वृत्ताकार छन् ।

बार्सिलोना: स्पेनको बार्सिलोना युरोपको छैटौँ बढि जनसंख्या भएकेा सहर हो । यसका कासा बाटलो तथा ला प्रेडरेरा जस्ता भवन निकै चर्चित छन् ।

पेरिस:  इफेल टावर तथा आर्क ट्रायोम्फ जस्ता चर्चित वास्तुकला रहेको पेरिसको हवाइ दृश्य निकै मनमोहक छ ।

भेनिस : इटालीको भेनिस सामुदि्रक मुगा टापुमा अवस्थित छ । यो सुन्दर कला तथा वास्तुका कारण चर्चित छ । यो पूरै सहर विश्व सम्पदा सूचिमा सूचिकृत छ ।

 सांघाइ : चीनको सांघाइ सबैभन्दा धेरै जनसंख्या भएको चिनिया सहर हो ।

माले : माल्दिभ्सको राजधानी सहर माले विश्वको पाँचौँ बढि जनघनत्व भएको टापु हो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar