Headlines News :
fb
Home » , » आदिवासी जनजातिका अधिकार स्थापित गर्न जेल जान पनि तयार : दाहाल (भिडियोसहित)

आदिवासी जनजातिका अधिकार स्थापित गर्न जेल जान पनि तयार : दाहाल (भिडियोसहित)

काठमाडौं, आषाढ २८ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आदिवासी जनजातिका माग पूरा गराउन र उनीहरुको अधिकार स्थापित गर्न आफू जेल जान पनि तयार रहेको बताएका छन् । आज राजधानीमा भएको कार्यक्रममा उनले विगतमा आदिवासी जनजातिलाई अधिकारका लागि उठ्न आग्रह गर्दा आफू घेराबन्दीमा परेको समेत बताए ।

आदिवासी जनजातिका अधिकार स्थापित गराउन प्रतिक्रियावादीको घेरा तोड्नु चुनौतीपूर्ण रहेको भन्दै उनले त्यसका लागि आफू जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।

अहिले देशमा परिवर्तन विरोधी र परम्परवादी शक्तिहरु सल्बलाइरहेको भन्दै दाहालले अब जनताले नै उनीहरुलाई ठीक पार्ने दाबी गरे ।

सत्ताधारी दलहरुले एकीकृत माओवादी लगायतका दल र समूहसँग गरेका सहमति पालना नगरे मुलुकमा दुर्घटना निम्तने उनको चेतावनी थियो ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar