काठमाडौं : अपरिचित व्यक्तिले बाटोमा पैसा छरेर खिचापोखरीमा किनमेल गर्न गएको समयमा भारत पटनाका मनोज कुमार भगतको कारबाट समान चोरी गरी फरार भएका छन् ।
डाबर नेपालमा कार्यरत भगत बा ५ च ११४८ नम्वरको कार चडेर बुधबार साँझ समान खरिद गर्न खिचापोखरी पुगेका थिए।
अपरिचित व्यक्तिले १० को नोट फालेर ' दाई तपार्इॅको पैसा खस्यो' भनी देखाएपछि झोला कार भित्र राखेर पैसा टिप्न खोज्दा चोरले झोला लिएर फरार भएको प्रहरीले जनाएको छ।
चोरले कार भित्र रहेकेा ल्यावटप, मोवाईल, बैंकको क्रेडिट कार्ड, भारतीय राहदानी र भारतीय पन कार्ड तथा एनसेलको सीमकार्ड चोरी गरी फरार भएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ। प्रहरी फरार चोर पक्राउ गरेको छैन ।
fb