यस प्रकारको गोलावारीपछि प्रायः व्यक्ति पैदल भागेका पनि समाचारमा जनाइएको छ। भारी गोलावारीका कारण एम्बुलेन्ससमेत सीमा क्षेत्रसम्म पनि पुग्न असक्षम भएको बताइएको छ ।भिषण बमवर्षाका कारण समाचारदाताहरू समेतको मृत्यु तथा घाइते भएको आकस्मिक सेवाले एएफफी समाचार समितिलाई बताएको छ।
आकस्मिक सेवाका प्रवक्ता आजराफ अल क्युद्राले एएफपी समाचार समितिलाई सिजाया सहरबाट कम्तीमा २० व्यक्तिका शव निकालिएको र सयौँ घाइते भएको जनाउनु भएको छ । उनका अनुसार मृतकको सङख्या अझै बढ्ने अनुमान छ।
शनिबार इजरायलले गाजामाथिका गरेको आक्रमणको १२ दिन पुग्दासम्म ती आक्रमणमा परी मारिने नागरिकको सङ्ख्या ३३० पुगेको बताइएको थियो।पूर्वी गाजा सहरमा शनिबार कयौं व्यक्तिको मृत्यु भएको आकस्मिक सेवाका प्रवक्ता आजराफ अल क्युद्राले एएफपी समाचारलाई बताउनु भएको छ। रासस/एएफपी
श्रोत अन्पूर्ण