गाजासिटी (प्यालेस्टाइन) : इजरायलले विगत करिब १९ दिनदेखि आक्रमण जारी राखेको गाजामा शुक्रबारदेखि १२ घन्टे युद्धविराम सुरु गरेको छ।
गाजामा शुक्रबार रातिदेखि शनिबार रातिसम्मका लागि सो युद्धविराम गरिएको समाचारमा जनाइएको छ। सयौँ नागरिकको ज्यान गएपछि विश्व समुदायको दबाबमा युद्धविराम गरिएको बताइएको छ।सो द्वन्द्वको दिगो युद्धविरामका लागि संयुक्त राष्ट्रसंघ तथा अमेरिकाले अनुरोध गरेको भए पनि त्यसका लागि इजरायल तयार नदेखिएको बताइएको छ।
दिगो युद्धविरामका लागि अमेरिकी विदेशमन्त्री जोन केरीले शुक्रबार पनि इजिप्टको राजधानी कायरोमा वार्तागरी दबाब दिएका थिए।तर सो वार्ता सफल हुन नसकेको र इजरायलले अस्थायी युद्धविराम गर्न मात्र तयार देखिएको बताइएको छ।इजरायलले गाजामा १९ दिन अघिदेखि हमला गरिरहेको छ । जसका कारण ७०० भन्दा बढी नागरिकको ज्यान गइसकेको बताइएको छ। रासस/एएफपी annapurnapost