बुटवल, आषाढ २१ । भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रसारित डीआईडी लिटिल मास्टर्स–३ को उपाधि जितेकी रुपन्देही रुद्रपुरकी ११ बर्षीय तेरिया मगरलाई गृह जिल्लामा नागरिक अभिनन्दन गरिएको छ । रुपन्देहीका विभिन्न संघ–संस्था र स्थानीयले एक कार्यक्रमबीच तेरियालाई अभिनन्दन गरेका हुन् ।
डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन् । प्रतियोगिताको उपाधिसहित तेरियाले ५० लाख भारतीय रुपैया र एउटा कार पनि जितेकी छन् ।
डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन् । प्रतियोगिताको उपाधिसहित तेरियाले ५० लाख भारतीय रुपैया र एउटा कार पनि जितेकी छन् ।