Headlines News :
fb
Home » , » जर्मनीका ७ खेलाडीलाई ज्वरो

जर्मनीका ७ खेलाडीलाई ज्वरो

काठमाडौं, आषाढ २० । विश्वकपको क्वार्टरफाइनल खेलपूर्व जर्मनीका केही खेलाडीहरु बिरामी परेका छन् । जर्मन प्रशिक्षक वाकीम लोउका अनुसार टीमका ७ जना खेलाडीमा सामान्य ज्वरोको लक्षण देखिएको छ ।

तर, यही कारण कुनै खेलाडीलाई आराम दिनुपर्ने अवस्था भने नभएको बताइएको छ । खेलाडीहरुले सामान्य ज्वरो र रुघाखोकीको ‘कम्प्लेन’ गरेपनि सबैजना ट्रेनिङमा सहभागी भएका छन् ।

यसअघि म्याट्स हुमल्स र क्रिष्टोफ क्रामर बिरामी भएको खबर आएको थियो । ज्वरो बढेपछि हुमल्सले अल्जेरिया विरुद्धको ‘राउण्ड अफ सिक्सटिन’ भिडन्त गुमाएका थिए ।

विश्वकपमा समूह चरण र ‘राउण्ड अफ सिक्सटिन’का चार खेलका लागि विभिन्न मौसम र तापक्रम भएका सहरहरुमा व्यस्त यात्रा गर्नुपरेकोले खेलाडीहरु थाकेको हुनसक्ने अनुमान गरिएको छ । -
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar