मलेसिया, साउन ५ - मलेसियाको एक कम्पनीमा काम गर्ने १ सय ३० जना नेपालीले २ महिनादेखि तलब नपाएको गुनासो गरेको छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरको काजङमा रहेको इमाजिङ बायो टेक कम्पनीमा कर्यरत १ सय ३० जना नेपालीले तलब नपाएको गुनासो गरेको हुन् ।
जसमध्येका ३८ जनाले त चार महिना अघिदेखिको तलब नपाएको त्यही कार्यरत झापा दमकका मौसम सुन्दासले जानकारी दिनुभयो ।
सुन्दासका अनुसार ६ महिना अघि नेपाल आकर्षण इन्टर्नेशनललाई जनही १ लाख ६० हजार रुपैयाँ तिरेर मासिक १ हजार २ सय ३५ आरएम तलब पाउने सम्झौता गरेर मलेसिया आएको भएपनि श्रमिकले सम्झौता अनुसारको तलब नपाएका हुन् । तलब नपाएपछि अहिले आफूहरुले काम बन्द गरेको सुन्दासले जानकारी दिनुभयो । मलेसिया आएको एक दुई महिना कम्पनीले तलब दिएको भएपनि सुरुदेखि नै सम्झौता अनुसारको तलब भने नदिएको सुन्दासले बताउनुभयो । दैनिक १२ घण्टा काम गर्दा १ हजार २ सय ३५ आरएम दिने भनिए पनि मलेसिया आएर दैनिक १४ देखि १६ घण्टासम्म काम गर्नु परेको र तलब पनि ७ सय देखि ७ सय ५० आरएम मात्र आउने गरेको पीडितको गुनासो छ ।