तस्करी गरेर मोटरसाइकलमा लुकाइ चीनबाट नेपाल ल्याउँदै गरिएको २० किलो सुन सीमानाका तातोपानीमा बरामद भएको छ। बा६०प २६२० नम्बर पल्सर मोटरसाइकलको कार्बोनेट (सिटमुनि)मा लुकाएर ल्याउँदै गर्दा आइतबार दिउँसो सीमा प्रहरी कार्यलय लार्चाले बरामद गरेको हो।
मोटरसाइकल चालक लिस्ती-४ का २६ वर्षीय दावा तामाङ पक्राउ परेका छन्। कार्बोनेटमा सुनका बीस बिस्कुट भेटिएको डीएसपी भरत बोहोराले बताए।
तातोपानी नाकाबाट यसअघि पनि पटक पटक सुन तस्करी हुँदै आएको छ।